प्रदेश ५ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन बनाइने

बुटवल। प्रदेश ५ सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण गर्ने भएको छ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले भवन निर्माणसँगै पूर्वाधार निर्माण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि-२०७७ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

सो कार्यक्रम प्रदेश सरकारको बजेटमार्फत् सरकारले अगाडि सारेको हो।

साथै बर्दिया, प्युठान र रुकुम (पूर्व)मा एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय स्थापना गर्नेसमेत बैठकले निर्णय गरेको सल्लाहकार केसीले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्