‘मृत्यु र दिसा जोकोहीलाई जहाँ पनि र जहिले पनि आउन सक्छ’- कब्जियतग्रस्त पात्रलाई केन्द्रमा राखेर बनाइएको फिल्म ‘पिकु’ मा इरफान खानको एउटा डायलग थियो।

नभन्दै उनले भनेजस्तै भयो। कसैको वशमा नभएको मृत्यु उनका लागि पनि जहाँ पनि र जहिले पनि आयो। नभए त अभिनयका धुरन्धर इरफानलाई कसैले यति चाँडै अलविदा भन्ने भन्दैनथे।

इरफान बलिउडको एउटा अलग नाम। जसलाई तपाईं टाढाबाट प्रस्ट चिन्न सक्नुहुन्छ। जस्तोसुकै भीडमा पनि जसको परिचय विशिष्ट रहन्छ। इरफान खान अरू कोही जस्तो भएनन्। उनी उनीजस्तै भए। उनलाई दिन सकिने विशेषण ‘इरफान खानजस्तै’ हो।

बलिउडमा सत्ता जमाउँदै आएको अभिनयको धार विपरीत हिँडे उनी। र, आफैंले कोरे अभिनयको विशिष्ट धार। त्यसैले त भीडभाड र होहल्लायुक्त बलिउडमा आफ्नो बेग्लै नाम बनाउन सफल भए। जीवन्त अभिनय के हुन्छ, उनले देखाएर गए।

त्यसैले उनी बलिउडका सीमाहरूमा अडिएनन्। उनको अभिनय बलिउडदेखि हलिउडसम्म हिँडिरह्यो। खासमा भन्न गाह्रो छ, उनी बलिउडका कलाकार हुन् कि हलिउडका। तर, जुनसुकै भूगोलमा उभिए पनि उनको विशिष्ट पहिचान छ। उनी कहिल्यै पनि स्टारडमको पछि लागेनन् तर स्टारहरूको बीचमा पनि बेग्लै गरी चम्किरहे।

अभिनयको आकाशमा उनी यस्ता तारा हुन् जो कुनै पनि तारा समूहमा अटाउँदैनन्।

उनको अभिनयमात्र होइन उनले अभिनय गर्ने फिल्म सधैँ बेग्लै र विशिष्ट रहे।

इरफानले हिँडेको बाटो सहज थिएन। जतिबेला उनी फिल्म क्षेत्रमा प्रवेश गर्दै थिए, ‘लार्जर देन लाइफ’ अभिनयको वर्चस्व थियो। हिरो कि त मसलयुक्त शरीरसहितको लडाकु हुन्थ्यो कि त रूमानी चरित्रको भावुक प्रेमी। इरफान यी दुवै हिरोइज्मको बीचबाट हिँडे। खासमा उनी कुनै हिरोइज्मको पछाडि हिँडेनन्। जीवनजस्तो छ त्यसलाई दुरूस्त पर्दामा उतारिदिए। त्यसैले उनलाई साहवजादे इरफान अलि खानबाट इरफान खान बनाइदियो।

उनी भारत जयपुरको नवाव खानदानमा जन्मिएका थिए। त्यति धेरै धनी थिएन उनको परिवार। तर, तन्नम गरीब पनि थिएन। बुबा शिकार खेल्न शौखिन थिए। इरफान पनि बुबासँगै शिकार खेल्न जान्थे। बुबाले उनलाई बन्दुक हातमा दिन्थे। तर, इरफानले कुनै जनावर मारेनन्। उनी सानैदेखि शाकाहारी थिए। बुबाले भन्थे, ‘पठानको घरमा ब्राम्हण जन्मिएको छ।’ उनका बुबा नै उनको लागि आदर्श थिए। बुबाले उनलाई प्रेरित गरिराख्थे। भनिराख्थे, ‘केही केही कौशल वा प्रतिभा सिक, पढेलेखेर अर्काको नोकरी नगर। कौशल भयो भने जिन्दगी बन्छ।’

तर, जिन्दगी त्यति सजिलो थिएन। १९ वर्षको छँदा उनको बुबा बिते। त्यतिबेला उनले नेश्नल स्कुल अफ ड्रामा (एनएसडी)मा भर्ना हुने तयारीमा थिए। दिलिप कुमार, मिथुन चक्रवर्तीबाट प्रभावित। तर, उनी कन्फ्युज थिए। ठ्याक्कै अन्तिम फिल्म ‘अंग्रेजी मिडियम’मा उनले निभाएको बुबाको भूमिका जस्तै।

खासमा उनी कुनै हिरोइज्मको पछाडि हिँडेनन्। जीवनजस्तो छ त्यसलाई दुरूस्त पर्दामा उतारिदिए। त्यसैले उनलाई साहवजादे इरफान अलि खानबाट इरफान खान बनाइदियो।

उनलाई सबैभन्दा दोधारमा आफ्नै अनुहारले पार्थ्यो। चलनचल्तीका हिरोको जस्तो विशिष्ट थिएन उनको अनुहार। साधारण अनुहार थियो उनको। ‘मेरोजस्तो अनुहार भएको व्यक्ति अभिनेता बन्न सक्ला ?’, बारम्बार आफैंसँग सोध्थे उनी। मिथुन चक्रवर्तीलाई देखेपछि उनलाई आफू पनि अभिनेता बन्नसक्छु भन्ने विश्वास पलायो। त्यही आत्मविश्वासले रहर बढाइदिएको थियो। तर, बुबाको निधनले रोकिदियो। ठूलो छोरा भएको नाताले उनको घरको जिम्मेवारी उनको काँधमा आइपुग्यो। उनलाई लागेको थियो, अभिनेता बन्न सम्भव छैन। तर, पनि कोशिस छोडेनन्।

आमाले त बिहे गर्न भनेकी थिइन्। उनले बिहेको तयारी छोडेर एनएसडीका लागि तयारी गरे। अथक प्रयास गरेकै कारण कैयौं कलाकारले प्रयास गर्दा पनि प्रवेश नपाउने एनएसडीमा उनले पहिलो प्रयाासमै प्रवेश परीक्षा उत्तीर्ण गरे।

एनएसडीमा उनले अभिनय सिके। तर, उनलाई त्यहाँ नाटक गर्नु थिएन। उनी त फिल्ममा काम गर्न चाहन्थे। तर, बाटो त्यति सहज थिएन। उनले घुमाउरो बाटो समाते– टेलिभिजनको बाटो। ‘चन्द्राकान्ता’, ‘चाणक्य’ जस्तो सिरियलमा काम गरे। १०/१२ वर्ष टिभीमै बिताए।

सन् १९८८ मा भने उनले फिल्ममा काम गर्ने मौका पाए। ‘सलाम बम्बे’ बाट उनको फिल्मी यात्रा शुरू भयो। शुरूमा त उनलाई ठूलो रोल मिल्दैनथ्यो। कति फिल्मको सुटिङ भए पनि रिलिज हुँदैनथ्यो। कतिमा सुटिङमा खेल्दा पनि रिलिज हुने बेलासम्म उनको रोल हटिसकेको हुन्थ्यो। बलिउडको भीडभाडमा परिचय बनाउनै हम्मेहम्मे पर्‍यो उनलाई। तर, हरेश भने कहिल्यै खाएनन्।

२००१ मा आसिफ कपाडियाको फिल्म ‘वारियर’ भने उनको फिल्म करिअरमा विशिष्ट मोड बन्नपुग्यो। त्यो फिल्मले उनको जीवनयात्रा नै बदलिदियो।

सन् २००३ मा रिलिज भएको विशाल भारद्धाजको फिल्म ‘मकबुल’ ले भने इरफानलाई फिल्म कर्म राम्रोसँग बुझाइदियो। उनी त्यो फिल्मलाई आफ्नो जीवनको कोशेढुंगा नै मान्छन्। त्यस फिल्मको छायांकनको दौरानमा उनले अभिनयलाई गहिराइबाट बुझ्ने मौका पाए। आफ्नो प्रस्तुतिमा निखार ल्याउने कोशिस गरे। काममा रमाउन थाले। त्यसैको उदाहरण थियो ‘रोड टु लद्दाक’।

सन् २००४ मा उनले ‘रोड टु लद्दाक’मा काम गरे। खासै कमाइ भइरहेको थिएन तैपनि बिना पारिश्रमिक काम गरे। निर्देशक थिए अश्विन कुमार। अश्विनले यो फिल्म आफ्नो कलेज एजुकेशन फन्ड जम्मा गरेर बनाएका थिए। पूरै टिम नयाँ थियो। कसैले पारिश्रमिक मागिरहेका थिएनन्। इरफानले पनि अफर आएपछि अश्विनको प्यासन देखेर बिना पैसा काम गर्न तयार भए।

जब काममा रमाउन थालिन्छ, नतिजा पनि गज्जब आउन थाल्छ। त्यस्तै भयो, इरफानको फिल्मी करिअरमा पनि। उनले आफूले पाएका चरीत्रलाई जीवन्त बनाउन थाले। र त निर्देशकको रोजाइमा पर्न थाले। कुनै बेला निर्देशकले जुन भन्यो त्यही रोल गर्ने इरफानलाई खोजेजस्तो रोल अफर हुन थाल्यो। र, उनले भने स्क्रिप्ट छानेर फिल्म खेल्न थाले।

‘पान सिंह तोमर’, ‘द लञ्चबक्स’, ‘डि डे’, ‘पिकु’, ‘मदारी’, ‘हिन्दी मिडियम’ लगायत थुप्रै उत्कृष्ट फिल्म दिएका छन् इरफानले। उनको विशिष्ट अभिनयकै कारण सन् २०११ मा पद्मश्री पदकले सम्मान पनि गरिएको थियो। उनले ‘पान सिंह तोमर’का लागि नेश्नल अवार्ड समेत पाए भने थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्।

एकपछि अर्को उत्कृष्ट फिल्म खेलिरहेका इरफानलाई दुई वर्ष अघि ठूलो धक्का लाग्यो। त्यो धक्का उनको परिवार र भारतीय रंगकर्मलाई नै थियो। इरफानलाई न्यूरोएन्डोक्राइन ट्यूमर रोग लागेको थाहा भएको थियो। रोग लागेको उनी आफैंले सार्वजनिक गरेका थिए। रोग पत्ता लागेपछि उनी उपचारका लागि अमेरिका गए। त्यही बेला नै उनले भनेका थिए, “मलाई लाग्छ कि मेरो आयु लामो छैन।” तैपनि दुई वर्ष उनी बाँचे। उपचारकै बीचमा ‘इंग्लिस मिडियम’मा अभिनय गरे।

उनले भविष्यका लागि थुप्रै योजना बनाउने गर्थे। तर, रोग त उनको योजनाभित्र थिएन। त्यसैले अन्तर्वार्तामा भनेका थिए, “जिन्दगीले कसलाई कतिबेला कहाँ पुर्‍याउँछ कसैलाई थाहा नहुँदो रहेछ। अब आइन्दा भविष्यको योजना बनाउन छोड्नेछु। मलाई जिन्दगीप्रति कुनै गुनासो पनि छैन किनकी जिन्दगीले मलाई धेरै कुरा दिएको छ। यसप्रति म कृतज्ञ छु।”

जिन्दगीप्रति जसरी उनी कृतज्ञ छन् त्यसैगरी फिल्मप्रेमी दर्शक उनीप्रति। फिल्म जीवनको दुई दशकको छोटो यात्रामा उनले अजम्मरी फिल्महरू हामीलाई दिएर गएका छन्। जब–जब स्क्रिनमा साधारण लाग्ने अनुहार कुनै भूमिकामा अभिनय नै होइनजस्तो गरी प्रस्तुत हुन्छ तब–तब इरफान जीवित भइरहनेछन्।

" /> ‘मृत्यु र दिसा जोकोहीलाई जहाँ पनि र जहिले पनि आउन सक्छ’- कब्जियतग्रस्त पात्रलाई केन्द्रमा राखेर बनाइएको फिल्म ‘पिकु’ मा इरफान खानको एउटा डायलग थियो।

"> कुनै तारा समूहमा नअटाउने तारा, इरफान खान: Dekhapadhi
कुनै तारा समूहमा नअटाउने तारा, इरफान खान

प्रतिक्रिया दिनुहोस्