सङ्क्रामक रोग ऐन परिमार्जन मस्यौदा तयार पार्ने जिम्मा सांसद देवकोटालाई     <p>काठमाडौं। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले सङ्क्रामक रोग ऐन, २०२० परिमार्जन गरेर सरकारलाई सुझाव दिनका लागि मस्यौदा तयार गर्न सांसद खिमलाल देवकोटालाई दिने निर्णय गरेको छ। &nbsp;</p> <p>समितिका अध्यक्ष परशुराम मेघी गुरुङको अध्यक्षमा आज बसेको बैठकले ऐन परिमार्जनका विषयमा तत्कालीन र दीर्घकालीन कार्यान्वयनका लागि सरकारलाई सुझाव/निर्देशन दिन मस्यौदा तयार गर्न सांसद देवकोटा र सहजीकरणका लागि सङ्घीय संसद् सचिवालयका सहसचिव अर्जुनकुमार खड्कालाई दिने निर्णय भएको हो। &nbsp; &nbsp;&nbsp;</p> <p>बैठकमा कोरोना भाइरसको विश्वव्यापी महामारीको सन्दर्भमा उक्त ऐनको कार्यान्वयन मापन एवम् मूल्याङ्कनको छलफलमा सांसदहरू रामनारायण विडारी, विज्ञद्वय सांसद तथा वरिष्ठ अधिवक्ता देवकोटा र सांसद रमेश लेखक लगायतले राय दिएका थिए।<em> रासस &nbsp; &nbsp;&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्