काठमाडौं। लिभरपुल तथा रिपब्लिक आयरल्यान्डका पूर्वस्ट्राइकर मिचेल रोबिन्सनको ६१ वर्षको उमेरमा आज निधन भएको छ।
स्पेनका प्रतिष्ठित ब्रोडकास्टर मध्येका एक रोबिन्सन २०१८ देखि छालाको क्यान्सरबाट ग्रसित थिए।
‘‘दु:खका साथ हामी तपाईंहरूलाई रोबिन्सनको निधन भएको बताउँछौँ,’’ रोबिन्सनकै ट्विटर एकाउन्टमा लेखिएको छ, ‘‘यसले ठूलो शून्यता पैदा भएको छ। तर, तपाईंहरूले उहाँप्रति देखाउनु भएको प्रेमले भरिएका अनगिन्ति सम्झनाहरू साथै छन्। तपाईंहरूले उहाँलाई सदैव खुशी राख्न मद्दत गर्नु भयो। उहाँ कहिल्यै एक्लै हिँड्नु भएन।’’
रोबिन्सनले लिभरपुलबाट लिग, युरोपियन कप र लिग कपको उपाधि जितेका थिए।
उनले एक सिजन (१९८३–८४)मात्र लिभरपुलमा बिताए। उनले प्रिस्टन, म्यानचेस्टर सिटी, ब्राइटन र क्विन्स पार्क रेन्जर्सबाट पनि खेले।
त्यसपछि उनले ला लिगा क्लब ओसासुनाबाट १९८९ मा करिअर अन्त्य गरेका थिए।
रोबिन्सनले आयरल्यान्डबाट २४ खेल खेले भने ४ गोल गरेका थिए। लिभरपुल, टेनिस खेलाडी राफेल नाडाल, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ, इकर कासिलास, ग्यारी लिङकरले पनि उनको निधनमा समवेदना प्रकट गरेका छन्।
" /> काठमाडौं। लिभरपुल तथा रिपब्लिक आयरल्यान्डका पूर्वस्ट्राइकर मिचेल रोबिन्सनको ६१ वर्षको उमेरमा आज निधन भएको छ।स्पेनका प्रतिष्ठित ब्रोडकास्टर मध्येका एक रोबिन्सन २०१८ देखि छालाको क्यान्सरबाट ग्रसित थिए।

">