पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा हुँदैनः शिक्षामन्त्री
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नहुने बताएका छन्।

नेपाल पब्लिक क्याम्पस संघको ११औं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले दक्ष नेतृत्वलाई चयन गरिने बताएका हुन्।

“विगतको सन्दर्भमा २०६२/६३ पछि भागवण्डाको आधारमा पदाधिकारी छनौट गर्ने चलन रह्यो, त्यो चलनलाई अब अगाडि बढाउन सकिँदैन,” पोख्रेलले भने।

शिक्षालाई संविधानले निर्देश गरेको बाटोभन्दा बाहिर नलग्ने उनले प्रतिबद्धता जनाएका छन्।

सरकारले लिने शिक्षा नीतिका बारेमा भ्रममा नपर्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई मन्त्री पाेख्रेलले आग्रह गरे।

मन्त्री पोख्रेलले सामुदायिक क्याम्पसहरूले भोगेको समस्यालाई ध्यानमा राखी सरकारले आवश्यकता र औचित्यका आधारमा अनुदानमा वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्