काठमाडौं। थर्मलगन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता हरि रेग्मीले कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको बताए।

उक्त ऐनको दफा २(क), ३(१) तथा ५ अनुसार सजायको माग दाबी गरिएको छ। सहन्यायाधिवक्ता रेग्मीले २१ लाख जरिवाना गर्न माग दाबी गरिएको बताए।

अग्रवाल अवैतानिक वाणिज्यदूत भएकाले सजाय थप हुन सक्ने भएकाले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको बताए।

“उनी कन्सुलर भएकाले थप सजाय बढ्न सक्ने हुँदा उक्त मुद्दा सीडीओले हेर्न नमिल्ने हुँदा अदालतमा दायर गरिएको हो”, उनले देखापढीसँग भने, “एकवर्ष भन्दा बढी सजाय माग दाबी गरिएकाले मुद्दा अदालतमा दायर गरिएको हो।”

कन्सुलर भएकाले ५० प्रतिशत सजाय बढ्न सक्ने कानूनी प्रावधान छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको थियो।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले आज दायर गरिएको मुद्दाको भोलि सुनुवाइ हुने बताए। अग्रवालको भोलि अदालतमा बयान शुरू हुनेछ। बयान सकिए भोलि नै थुनछेक बहस हुने र आदेश आउने उनले जानकारी दिए।

२५ चैतमा महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो। अपराध महाशाखाको टोली आफैं ग्राहक बनेर उनीसँग ६७ वटा थर्मलगन दश लाख रूपैयाँमा खरिद गर्ने सहमति गरेर पक्राउ गरेको थियो।

पाँच हजार पर्ने थर्मलगन १५ हजार रूपैयाँमा विक्री गरेको उजुरीपछि प्रहरीले निगरानी थालेको थियो।

" /> काठमाडौं। थर्मलगन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता हरि रेग्मीले कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको बताए।

उक्त ऐनको दफा २(क), ३(१) तथा ५ अनुसार सजायको माग दाबी गरिएको छ। सहन्यायाधिवक्ता रेग्मीले २१ लाख जरिवाना गर्न माग दाबी गरिएको बताए।

अग्रवाल अवैतानिक वाणिज्यदूत भएकाले सजाय थप हुन सक्ने भएकाले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको बताए।

“उनी कन्सुलर भएकाले थप सजाय बढ्न सक्ने हुँदा उक्त मुद्दा सीडीओले हेर्न नमिल्ने हुँदा अदालतमा दायर गरिएको हो”, उनले देखापढीसँग भने, “एकवर्ष भन्दा बढी सजाय माग दाबी गरिएकाले मुद्दा अदालतमा दायर गरिएको हो।”

कन्सुलर भएकाले ५० प्रतिशत सजाय बढ्न सक्ने कानूनी प्रावधान छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको थियो।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले आज दायर गरिएको मुद्दाको भोलि सुनुवाइ हुने बताए। अग्रवालको भोलि अदालतमा बयान शुरू हुनेछ। बयान सकिए भोलि नै थुनछेक बहस हुने र आदेश आउने उनले जानकारी दिए।

२५ चैतमा महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो। अपराध महाशाखाको टोली आफैं ग्राहक बनेर उनीसँग ६७ वटा थर्मलगन दश लाख रूपैयाँमा खरिद गर्ने सहमति गरेर पक्राउ गरेको थियो।

पाँच हजार पर्ने थर्मलगन १५ हजार रूपैयाँमा विक्री गरेको उजुरीपछि प्रहरीले निगरानी थालेको थियो।

"> सुलभ अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर: Dekhapadhi
सुलभ अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
काठमाडौं। थर्मलगन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता हरि रेग्मीले कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको बताए।

उक्त ऐनको दफा २(क), ३(१) तथा ५ अनुसार सजायको माग दाबी गरिएको छ। सहन्यायाधिवक्ता रेग्मीले २१ लाख जरिवाना गर्न माग दाबी गरिएको बताए।

अग्रवाल अवैतानिक वाणिज्यदूत भएकाले सजाय थप हुन सक्ने भएकाले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको बताए।

“उनी कन्सुलर भएकाले थप सजाय बढ्न सक्ने हुँदा उक्त मुद्दा सीडीओले हेर्न नमिल्ने हुँदा अदालतमा दायर गरिएको हो”, उनले देखापढीसँग भने, “एकवर्ष भन्दा बढी सजाय माग दाबी गरिएकाले मुद्दा अदालतमा दायर गरिएको हो।”

कन्सुलर भएकाले ५० प्रतिशत सजाय बढ्न सक्ने कानूनी प्रावधान छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको थियो।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले आज दायर गरिएको मुद्दाको भोलि सुनुवाइ हुने बताए। अग्रवालको भोलि अदालतमा बयान शुरू हुनेछ। बयान सकिए भोलि नै थुनछेक बहस हुने र आदेश आउने उनले जानकारी दिए।

२५ चैतमा महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो। अपराध महाशाखाको टोली आफैं ग्राहक बनेर उनीसँग ६७ वटा थर्मलगन दश लाख रूपैयाँमा खरिद गर्ने सहमति गरेर पक्राउ गरेको थियो।

पाँच हजार पर्ने थर्मलगन १५ हजार रूपैयाँमा विक्री गरेको उजुरीपछि प्रहरीले निगरानी थालेको थियो।

प्रतिक्रिया दिनुहोस्