ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं। ९ वैशाखमा भक्तपुरबाट पक्राउ परेका ज्ञानेन्द्रबहादुर शाहीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशहरू पुरूषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।

शाहीलाई पक्राउ गर्दा महानगरीय प्रहरी परिसर चापागाउँ भक्तपुरले जारी गरेको पक्राउ पूर्जीमा ‘संक्रामक रोग ऐन, २०२० सम्बन्धी कसूर’ मा प्रक्राउ गरेको उल्लेख थियो, र त्यसैअनुसार थुनुवा पूर्जी दिइएको थियो। तर, उनीमाथि अनुसन्धानका लागि म्याद थप गर्दा ‘अभद्र व्यवहारतर्फको कसूर’ भनि थप गरिएको थियो।

यस्तो असंगतिलाई नोटिसमा लिएको सर्वोच्च अदालतले शाहीलाई थुनामै राखी अनुसन्धान गर्न पर्ने कारण, अवस्था खुलेको देखिंदैन भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। साथै सर्वोच्च अदालतले उनीमाथि अनुसन्धानका लागि म्याद थप हुँदासमेत म्याद थप गर्नुपर्ने तथा थुनामै राख्नुपर्ने उचित कारण सहित पर्चा खडा भएको नदेखिएको भनेको छ।

तारेखमा राखेर पनि बाँकी अनुसन्धान हुनसक्ने अवस्था विद्यमान हुँदाहुँदै कानून बमोजिम प्रकृया पूरा नगरी थुनामा नै राख्नुपर्ने कारण नभएको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ। ‘प्रकृया पूरा नगरी भएको कार्यले कानूनी मान्यता प्राप्त गर्न सक्ने नदेखिंदा यी निवेदकको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ आदेशमा छ।

प्रतिक्रिया दिनुहोस्