गाडीमा हतियार भेटिएका वडाध्यक्ष शाही प्रहरी नियन्त्रणमा
<p>कञ्‍चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरमा आफैं उपस्थित भएका कैलालीको गोदावरी नगरपालिका १० का वडाध्यक्ष रवीन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। </p>
<p>गत २५ चैत्रमा कृष्णपुर नगरपालिकाको गुलरियामा हतियारसहित वडाध्यक्ष शाहीको भारतीय नम्बर प्लेटको जिप प्रहरीले बरामद गरेको थियो । उक्त गाडीबाट सशस्त्र प्रहरीले प्वाइन्ट टु-टु एसलआर एक थान, त्यसको गोली १४ राउन्ड, एअर गन एक थान तथा त्यसको छर्रा १९६ थान बरामद गरेको थियो। तर वडाध्यक्ष शाहीले लाइसेन्सवाला हतियार रहेको बताउँदै आएका छन् ।</p>
<p>जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका डीएसपी रवीन्द्र पौडेलले १४ वैशाखमा कार्यालयमा उपस्थित भएका शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । उनका अनुसार शाहीविरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
