बाघको आक्रमणबाट बर्दियामा एकजना घाइते
<p>बर्दिया। बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका-४ गम्कागाउँका ५० वर्षीय पहलु थारु गम्भीर घाइते भएका छन्।</p>
<p>हिजो, १५ वैशाख साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा बाघले आक्रमण गर्दा उनको दाहिने पाखुरामा चोट लागेको छ।</p>
<p>मधुवन नगरपालिका स्वास्थ्यचौकीमा थारुको उपचार भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
