काठमाडौं। आजदेखि तीन दिनसम्म देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्य क्षेत्रका पहाडी भूभागमा सामान्य बदली भई वर्षा भइरहेको छ।
हिजो, सुदूरपश्चिमका जिल्लाहरूमा भारी वर्षा भएर स्थानीय खोला तथा नदीहरूमा बाढीसमेत आएको छ।
आज देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।
स्थानीय वायु सक्रिय भएको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकोले वर्षात् भएको महाशाखाले जनाएको छ।
" /> काठमाडौं। आजदेखि तीन दिनसम्म देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अहिले देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्य क्षेत्रका पहाडी भूभागमा सामान्य बदली भई वर्षा भइरहेको छ।

">