सगरमाथा निकुञ्जमा ६ कस्तूरी मृत फेला

साेलुखुम्बु। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तूरी मृग मृत भेटिएका छन्।

निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा ती मृग मृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ।

मृत भेटिएकामध्ये एक पोथी, तीन भाले र दुईवटाको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए। उनका अनुसार एक मृगको बिना निकालिएको र दुईको शव नै सडेकाले त्यसको पनि झिकेर लगेको अनुमान गरिएको छ।

पहिचान हुन नसकेको मृत मृग घटनास्थलमै गाडिएको र अन्यको पनि मुचुल्का तयार पारी निकुञ्जको परिसरमै गाडिएको बताइएको छ। करीब १० दिनअघि ती मृग मारिएको हुन सक्ने अनुमान गरिएको छ।

लकडाउनको मौका छोपी चोरी शिकार गरिएको हुन सक्ने निकुञ्ज प्रशासनले जनाएकाे छ। चोरी शिकारमा संलग्नको खोजी जारी रहेको र शङ्का लागेका व्यक्तिमा निगरानी बढाइएको संरक्षण अधिकृत उपाध्यायले बताए। रासस

प्रतिक्रिया दिनुहोस्