डाेटी। जिल्लामा खाद्यान्नको संकट हुन नदिन ९ वटै स्थानीय तहमा खाद्य बैंक स्थापना गरिने भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यहाँका सबै स्थानीय तहमा कोरोनाको कहरका कारण हुन सक्ने खाद्य अभाव तथा अन्य विपद्को जोखिमबाट बच्न पूर्वतयारीस्वरूप खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण र भविष्यमा आउन सक्ने विपद्लाई लक्षित गरी यहाँका ९ वटै स्थानीय तहमा खाद्य बैंक स्थापना गर्ने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। “हामी कोरोनाको कहरसँग दिनहुँ लडिरहेका छौँ, कोरोनासहित अन्य विपद्‍बाट बच्नका लागि सबै स्थानीय तहमा खाद्य बैंक स्थापना गर्ने निर्णय गरेका छौँ, सोही निर्णयानुसार सबैले खाद्य बैंक स्थापना गर्नेछन्”, उनले भने।

कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधि अनिश्चितकालीन रहेकाले खाद्यान्न अभाव हुन सक्ने अनुमान गरी स्थानीय तहले अस्थायी खाद्यान्न बैंक स्थापना गर्ने निर्णय गरेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताइन्। उनले भने, “वर्षाद्को समय पनि शुरू भएको र जिल्लामा खाद्यान्न अभाव हुन सक्ने भएकाले सबै स्थानीय तहले अस्थायीरूपमा भए पनि खाद्य बैंक स्थापना गर्ने निर्णय भएको छ, जसले गर्दा खाद्य संकट हुनेछैन।”

खाद्य बैंक स्थापनाका लागि स्थानीय तहको विपद् व्यवस्थापन कोषबाट केही रकम खाद्यान्न खरिदका लागि व्यवस्थापन गर्न सकिने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

खाद्य बैंकमा खाद्य मौज्दात गर्दा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखिने निर्णय भएको उनकाे भनाइ छ।

जिल्लामा मकै, कोदो, आलु, फापर र जौँ बढी उत्पादन हुने खाद्य पदार्थ हुन् भने चामल, दाल र तेल तराईका जिल्लाबाट आयात गरिन्छ। रासस

" /> डाेटी। जिल्लामा खाद्यान्नको संकट हुन नदिन ९ वटै स्थानीय तहमा खाद्य बैंक स्थापना गरिने भएको छ।

"> डाेटीका सबै स्थानीय तहमा खाद्य बैंक स्थापना हुने: Dekhapadhi
डाेटीका सबै स्थानीय तहमा खाद्य बैंक स्थापना हुने

प्रतिक्रिया दिनुहोस्