दाङमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु <p>दाङ। दाङमा ट्रयाक्टर दुर्घटना हुँदा आज एक युवकको मृत्यु भएको छ।</p> <p>रातभर पानी परेकाले बाटाेमा चिप्लिएर रा १ त ३४७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लमही नगरपालिका-५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।</p> <p>खोलाबाट ट्रयाक्टरमा बालुवा लादी घर बनाउँदै गरेको स्थानमा पुर्&zwj;याउने क्रममा कोइलावास सडकखण्डको लमही-५ मा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए।</p> <p>उनका अनुसार मृत्यु भएका चौधरी सोही ट्रयाक्टरमा काम गर्ने श्रमिक हुन्। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्