चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी
चितवन। नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ ।

विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए।

उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ।

बिहान ११: २० बजे लागेको आगो ११:४५ बजे नियन्त्रणमा लिइएको हो।

क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्