काठमाडौं। विद्युतीय अपराधअन्तर्गत मुद्दा दायर गरिएका पूर्वसचिव भीम उपाध्यायको काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरू गरिएको छ।
अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले उपाध्यायको बयान लिने क्रम शुरू भएको जानकारी दिए।
उनका अनुसार आज बयान सकिए थुनछेक बहस हुनेछ। थुनछेक बहस सकिए आज नै इजलासले उपाध्यायलाई थुनामा राख्ने वा थरौटीमा रिहा गर्ने भन्ने आदेश दिन सक्नेछ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले केही दिनअघि उपाध्यायलाई साइबर अपराधको अभियोगमा पक्राउ गरेको थियो।
अनुसन्धान सकेर जिल्ला सरकारी वकीलको कार्यालयमा अनुसन्धान प्रतिबेदन बुझाएपछि हिजो, १४ वैशाखमा सरकारी वकीलको कार्यालयले उपाध्यायविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
अभियोग पत्रमा सामाजिक सञ्जालमा उपाध्यायले धार्मिक आस्था र सामाजिक सद्भाव खलबल्याउने अभिव्यक्ति दिएको उल्लेख छ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसारको कसुर गरेको उपाध्यायलाई आरोप छ।
उक्त दफा अनुसार पाँच वर्षसम्म कैद वा एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनुपर्ने माग सरकारी वकील कार्यालयको छ।
" /> काठमाडौं। विद्युतीय अपराधअन्तर्गत मुद्दा दायर गरिएका पूर्वसचिव भीम उपाध्यायको काठमाडौं जिल्ला अदालतमा बयान लिन शुरू गरिएको छ।अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले उपाध्यायको बयान लिने क्रम शुरू भएको जानकारी दिए।

">