सुदूरपश्‍चिम क्षेत्रमा भारी वर्षा, खोला र नदीमा पानीको बहाव बढ्यो
कैलाली। सुदूरपश्चिम प्रदेशका अधिकासं स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ।

कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा समेत बिहानैदेखि पानी परेकाले यहाँका खोला तथा नदीहरूमा बाढी आएको छ।

वर्षाका कारण भर्खरै पाकेको गहुँ भित्र्याउन समस्या भएकोमा कृषकहरू चिन्तित भएका छन्।

ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालय, जलविज्ञान र मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान विभागले हाल डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुरको अधिकांश स्थानमा तथा स्याङजा, पाल्पा, तनहूँ, बागलुङ, स्याङजा, लमजुङ, गोरखा, नवलपरासी र आसपास केही स्थानमा पानी परिरहेको र थप पानी पर्नसक्ने भन्दै स-साना नदीमा बहाव आउनसक्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ।

आज र भोलि देशका अधिकांस स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्