नेपाल प्रहरीको प्रवक्तामा डीआईजी निरजबहादुर शाही <p>काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी निरजबहादुर शाही तोकिएका छन् ।</p> <p>डीआईजी शाही यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक थिए। त्यहाँबाट उनको सरुवा प्रहरी महानिरीक्षकको सचिवालयमा भएपछि उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।</p> <p>संगठनद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्&zwj;चार माध्यमहरूमा सम्प्रेषण गर्न डीआईजी शाहीलाई केन्द्रीय प्रवक्ता तोकिएको नेपाल प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्