आज र भोलि अधिकांस स्थानमा पानी पर्ने, बाढीको संभावना भएकोले सतर्कता अपनाउन अनुरोध
<p>काठमाडौं। आज र भोलि देशका अधिकांश स्थानमा वर्षा हुने र नदीमा पानीको बहाव बढ्ने संभावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।</p>
<p>ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालय, जलविज्ञान र मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान विभागले आजदेखि दुई दिन सुदूरपश्‍चिम प्रदेश, कर्णाली, गण्डकी, बागमती र प्रदेश ५ मा बहने नदीमा बहाव तुलनात्मक रूपमा बढ्ने जनाएको हो।</p>
<p>नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
