राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव न्यौपानेको अवकाश
<p>काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत् सहसचिव भिष्मप्रसाद न्यौपानेको विदाई गरिएको छ।</p>
<p>उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश पाउन लागेकाले उनलाई हिजो प्राधिकरणमा आयोजित कार्यक्रमकाबीच सचिव रामकृष्ण सापकोटाले विदाई गरेका छन्।</p>
<p>विदाई कार्यक्रममा सचिव सापकोटाले निजामति सेवामा रहँदाका सिकाइहरूलाई अवकाशपश्‍चात पनि निरन्तरताको लागि शुभकामना दिए।</p>
<p>सहसचिव न्यौपाने २०३९ सालदेखि निजामती क्षेत्रमा प्रवेश गरेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
