युवती हत्या आरोपमा दुई बालक पक्राउ <p>रूकुमपूर्व। युवतीको हत्या आरोपमा रुकुम (पूर्व) मा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p> <p>पुथाउत्तरगंगा गाउँपालिका-८, खराङकी २२ वर्षीया दिलकुमारी सेनको हत्या आरोपान प्रहरीले १५ र १६ वर्षका दुई बालकलाई नियन्त्रणमा लिएकाे हाे।</p> <p>दाउराका लागि रुख ढाल्ने क्रममा वनबाट दाउरा लिएर घर फर्कँदै गरेकी सेनलाई च्यापेको थियो।</p> <p>हिजाे, १३ वैशाख साँझ जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा सेनको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्