चट्याङ लागेर अछाममा एक महिलाको मृत्यु <p>अछाम। अछाममा चट्याङ लागेर आज एक महिलाको मृत्यु भएको छ।&nbsp;</p> <p>मृत्यु हुनेमा मेल्लेख गाउँपालिका-३, ठाँटी बगुडाकी २५ वर्षीया अनितादेवी शाह रहेको अछाम प्रहरीले जनाएकाे छ।</p> <p>चट्याङ लागेर सोही ठाउँका सीतादेवी शाह र उनकी ३ वर्षीया छोरी कल्पना घाइते भएको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए।</p> <p>उनका अनुसार घाइतेहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्