महाकाली नदीमा हाम फालेकी महिलालाई उपचारका लागि हेलिकप्टरमा नेपालगंज लगियो
<p>कैलाली। महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्‍टरबाट नेपालगंज लगिएको छ।</p>
<p>आज बिहान दार्चुलाको महाकाली नदीमा हाम फालेकी व्याँस गाउँपालिका-१ की ३० वर्षीय सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो।</p>
<p>उनलाई नेपाली सेनाको हेलीकप्टरमार्फत नेपालगंजको कोहलपुर मेडिकल कलेजमा लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।</p>
<p>नदीबाट उद्धार गरे लगत्तै जिल्ला अस्पताल दार्चुलामा लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचार गर्न पठाइएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
