काठमाडौं। वीरगंजको नारायणी अस्पतालमा उपचार गराइरहेका ४ जना संक्रमित निको भएर आज घर फर्किँदै छन्।
अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार उनीहरूलाई आज बिहान १० बजे डिस्चार्ज गर्ने तयारी गरिएको छ।
कोभिड-१९ बाट निको भएकाहरूमा तीन भारतीय र एकजना नेपाली नागरिक छन्।
"उहाँहरू चारैजनाको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएको छ। अहिलेसम्म स्वास्थ्य एकदम राम्रो छ। आज बिहानको 'राउण्ड' पश्चात निर्णय हुनेछ। अहिलेसम्म १० बजेतिर डिस्चार्जको तयारी छ", उपाध्यायले देखापढीसँग भने।
पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैयास्थित मस्जिदमा रहेका ३७, ४४ र ५५ वर्षका भारतीय नागरिकहरूमा ३० चैतमा कोभिड-१९ पुष्टि भएपछि नारायणी अस्पतालमा आइसोलेसनमा उपचाररत् छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४९ पुगेको छ।
तीमध्ये निको भएर १२ जना घर फर्किसकेका छन्।
नारायणी अस्पतालबाट आज ४ जना डिस्चार्ज भएमा निको हुनेको संख्या १६ जना पुग्नेछ।
" /> काठमाडौं। वीरगंजको नारायणी अस्पतालमा उपचार गराइरहेका ४ जना संक्रमित निको भएर आज घर फर्किँदै छन्।अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार उनीहरूलाई आज बिहान १० बजे डिस्चार्ज गर्ने तयारी गरिएको छ।

">