काठमाडौं। ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेको गृह मन्त्रालयमा सरूवा भएको छ।
उनको ठाउँमा गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख नारायणप्रसाद भट्टलाई पठाइएको गृह मन्त्रालय स्रोतले बताएको छ।
ललितपुरमा काम गर्न अप्ठ्यारो भएको भन्दै पाण्डेले सरूवा मागेपछि मन्त्रालयले उनको ठाउँमा भट्टलाई पठाउने निर्णय गरेको हो।
भट्ट यसअघि मकवानपुर, चितवन र भक्तपुरको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन्।
‘नेपालका लागि नेपाली’ नामको अभियान चलाइरहेका ज्ञानेन्द्र शाहीलाई पाण्डेको निर्देशनमा पक्राउ गरेपछि शाहीका समर्थकले पाण्डेलाई गालीगलौज गर्ने र मोबाइलमा धम्कीपूर्ण मेसेज पठाउन थालेको, त्यसैलाई कारण देखाएर पाण्डेले सरूवा मागेको गृह स्रोतले जनाएको छ।
शाहीलाई लकडाउन उल्लंघन गरेको आरोपमा ९ वैशाखमा ललितपुर प्रहरीले सुनाकोठीबाट पक्राउ गरेको थियो।
शाही राहत बाँड्ने भन्दै ठूलो समूह लिएर बजारमा निस्किएपछि पाण्डेले उनलाई रोकेर स्थानीय सरकारसँग समन्वय गर्न भनेका थिए। तर, शाहीले नमानेर बलजफ्ती गरेपछि प्रहरीले पक्राउ गरेको थियो।
" /> काठमाडौं। ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेको गृह मन्त्रालयमा सरूवा भएको छ।उनको ठाउँमा गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख नारायणप्रसाद भट्टलाई पठाइएको गृह मन्त्रालय स्रोतले बताएको छ।

">