काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुलेर अवस्था सामान्य भएपछि मात्र रोकिएको परीक्षा हुने बताएका छन्।
लकडाउन सकिएको पहिलो हप्ता परीक्षाको नतिजा प्रकाशन गरिने, दोस्रो साताबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र तेस्रो साताबाट मात्रै परीक्षा सञ्चालन गर्ने योजना अनुसार मन्त्रालयले गृहकार्य गरिरहेको बताए।
आज शिक्षा पत्रकार समूहले गरेको भिडिओ कन्फ्रेन्समा मन्त्री पोखरेलले यस्तो बताएका हुन्। उनले भने, “काठमाडौं र बाहिरको अवस्था फरक छ। डेरा गरेर बस्ने विद्यार्थीहरू घर गएका छन्। त्यसैले अवस्था सामान्य भएको तीन हप्तापछि मात्र परीक्षा हुन्छ।”
महामारीका कारण गत ६ चैतबाट हुने भनिएको एसईई परीक्षा अन्तिम चरणमा आएर रोकिएको थियो। त्यस्तै कक्षा ११ र १२ सँगै विश्वविद्यालय स्तरका परीक्षा पनि रोकिएका छन्। जसले गर्दा झण्डै १८ लाख विद्यार्थी मारमा परेका छन्।
कक्षा १२ को परीक्षा अनिवार्य गर्नुपर्ने भन्दै कक्षा १० र ११ को परीक्षाबारे विकल्प पनि आउन सक्ने उनले बताए।
पहिलो प्राथमिकता सबै परीक्षा अनिवार्य गराउने भएपनि कुनै हातलमा नसकिएको खण्डमा कक्षा १० र ११ को परीक्षाबारे विकल्प पनि आउन सक्ने उनको भनाइ छ। भोलि, १४ वैशाखमा बस्ने मन्त्रिपरिषद् बैठक लकडाउनलगायत विषयमा निर्णयपछि मन्त्रालयले कार्ययोजना बनाउने उनले बताए।
बिदा कटाएर शैक्षिक सत्र चलाउने सकिने
जाडो र गर्मी बिदा, चाडपर्व बिदा घटाउनुका साथै अतिरिक्त कक्षा बढाएर भएपनि शैक्षिक सत्र खेर जान नदिने मन्त्रालयको तयारी रहेको उनको भनाइ छ।
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा मारमा परेको शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर मन्त्रालयले विज्ञहरूको समिति बनाएको छ।
समितिको सुझावका आधारमा अन्य योजना बनाउने मन्त्री पोखरेलको भनाइ छ। पूर्वविज्ञानमन्त्री गणेश साहको संयोजकत्वमा गठित २८ सदस्यीय समितिमा विषयविज्ञहरू सम्मिलित ६ वटा उपसमिति गठन गरेको छ।
विषयगत समितिहरूलाई शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षणलगायत योजना बनाउने विषयमा सुझाव दिने जिम्मेवारी दिइएको र भोलिसम्ममा प्रतिवेदन आउने सम्भावना रहेको मन्त्री पोखरेलले बताए।
" /> काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुलेर अवस्था सामान्य भएपछि मात्र रोकिएको परीक्षा हुने बताएका छन्।लकडाउन सकिएको पहिलो हप्ता परीक्षाको नतिजा प्रकाशन गरिने, दोस्रो साताबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र तेस्रो साताबाट मात्रै परीक्षा सञ्चालन गर्ने योजना अनुसार मन्त्रालयले गृहकार्य गरिरहेको बताए।

">