काठमाडौं। लकडाउनको अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन्। साविकभन्दा यी घटना निकै कम हुन्।
उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। ललितपुरमा २८ र भक्तपुरमा नौ घटनाको उजुरी परेका प्रहरीले बताएको छ।
सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ५८ घटना भएका छन्। बैंकिङ कसुरका ३३, ज्यानसम्बन्धी कसुरका ३५ र आत्महत्याका २१ घटना भएका महानगरीय प्रहरी कार्यालयका प्रमुख, डीआईजी विश्वराज पोखरेलले बताए।
सडकमा प्रहरीको उपस्थिति रहेको र नागरिक आआफ्नै घरमा भएकाले आपराधिक घटना न्यून भएका हुन्।
“हिजोको दिनमा नागरिक समाजमा आउँथे, घुलमिलपछि विमति हुन्थ्यो, होटल रेस्टुराँमा झगडा हुन्थ्यो र अपराध हुन्थ्यो, अहिले नागरिक घरमा, प्रहरी सडकमा भएकाले यस्ता घटना रोकिएको हो”, पोखरेलले भने। जसका कारण अपराध नियन्त्रणमा खटिएका प्रहरीलाई लकडाउनको कार्यान्वयनमा खटाउन सजिलो भएको छ। उपत्यकाका १३८ युनिटबाट अहिले तीन जिल्लामा नौ हजार प्रहरी परिचालन गरिएको उनले बताए।
लकडाउनमा दैनिक दुई हजार मानिस कारवाहीमा पर्ने गरिएका जानकारी दिँदै उनले यो अवधिमा उल्लङ्घन गर्ने ७३ हजार बढीलाई कारबाही गरिएको बताए।
लकडाउनका बेला अत्यावश्यक कामका लागि हिँडेका मानिस तथा समस्यामा परेका र घर जान पैदल हिँडेकालाई अहिले सरकारी निर्णयअनुसार नै गन्तव्यमा पठाउने काम जारी रहेको छ।
स्थानीय तहले समेत आ–आफ्नो क्षेत्रमा पेशा अपनाउन नसकेकालाई राहत दिने र खाना खुवाउने अभियानसमेत चलाएका छन्। यसमा विभिन्न सामाजिक संस्थाको समेत सहभागिता छ। कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेको थियो। रासस
" /> काठमाडौं। लकडाउनको अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन्। साविकभन्दा यी घटना निकै कम हुन्।उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ। ललितपुरमा २८ र भक्तपुरमा नौ घटनाको उजुरी परेका प्रहरीले बताएको छ।

">