कैलालीमा डुबेर दुई बालकको मृत्यु
<p>कैलाली। कैलालीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।</p>
<p>घोडाघोडी नगरपालिका-१२, कान्द्रा नदीको तटबन्धमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
<p>कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले नदीमा डुबेर स्थानीय सचिन चौधरी (११) र अनिष चौधरी (१४) को मृत्यु भएको जानकारी दिए।</p>
<p>बस्नेतका अनुसार बिहान नुहाउने क्रममा बेपत्ता भएका उनीहरूको खोजी गर्दै जाँदा दिउँसो २ बजे छुट्टाछुट्टै स्थानमा शव फेला परेकाे थियाे।</p>
प्रतिक्रिया दिनुहोस्
