२५ दिनमा कोरोनालाई जिते मुम्बई बस्‍ने नेपाली परिवारका आठैजनाले
काठमाडौं। अछाम घर भई भारतको मुम्बईमा बस्दै आएको एकै परिवारका आठजना कोभिड–१९ लाई जितेर अस्पतालबाट घर फर्किएका छन्।
लामो समयदेखि मुम्बईमा बस्दै आएका अछामको चौरपाटी गाउँपालिका–५, लुंग्राका चेतमान खड्काकोे परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। २५ दिनको उपचारपछि उनीहरू सबैजना घर फर्किएका हुन्।
उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएको र परीक्षणका क्रममा आठजनामा संक्रमण देखिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि चेतमानले खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन्।
अस्पतालबाट फर्के पनि मुम्बईमा परिवारसँगै सेल्फ क्वारेन्टाइनमा बसिरहेका चेतमानले देखापढीसँगको टेलिफोन सम्पर्कमा अरू संक्रमितलाई चिन्ता नलिन र  बलियो आत्मबल बनाएर अघि बढ्न आग्रह गरे।
प्रस्तुत छ, खड्कासँग कृष्णसिंह धामीले गरेको कुराकानीको सारसंक्षेप उनकै शब्दमाः
परिवारमा हामी ११ जना सँगै बस्छौं। भाइलाई कोरोना पोजिटिभ देखिएपछि अरूलाई पनि सरेको हुनसक्छ भनेर हामी सबै चेकअपका लागि अस्पताल गयौं।  परीक्षणका त्रममा तीनजनामा नेगेटिभ देखियो भने ८ जनामा पोजिटिभ देखियो।
परिवारका तीनजना दुई दिनजति अस्पताल बसेर घर फर्किए। अरू हामी १० दिन १५ दिन गरेर निको हुँदै डिस्चार्ज हुँदै गयौं। अन्तमा हामी दुईजना २५ दिन अस्पताल बसेर हिजो (१२ वैशाखमा) घर फर्कियौं। अहिले परिवारका सबै सदस्य एकदम ठिक छौं। अझै पनि हामी सेल्फ क्वारेन्टाइनमा बसिरहेका छौं।
अस्पताल बसाइँको क्रममा निकै दुःख काटियो। एकजनालाई कुनै रोग लाग्दा त परिवारमा कति समस्या पर्छ भने हामी त आठजना नै महामारीबाट संक्रमित थियौं। त्यसमा कस्तो भयो होला ? सम्झँदा पनि अत्यास लाग्छ।
अस्पताल बसाइँको क्रममा एकातिर रोगसँग लड्नुपरेको थियो। अर्कोतिर समाजबाट पनि त्यस्तै मनोविज्ञानको सामना गर्नुपरेको थियो। रोग निको हुन्छ कि हुँदैन् ? भन्ने पनि चिन्ता हुन्थ्यो। कोरोनाका कारण धमाधम मानिसहरू मरिरहेका समाचारले पनि तनाव बढाउँथ्यो।
कोरोनासँगको लडाइँ जित्ने सबभन्दा ठूलो हतियार आत्मबल रहेछ। २५ दिन अस्पताल बस्दा पनि हामीले आत्मबल कमजोर हुन दिएनौं। मलाई लाग्छ, त्यही आत्मबलकै कारण हामीले कोरोनालाई परास्त गर्यौं।
अस्पताल बस्दा भगवान सम्झियौं। मनमा शंका वा डर पैदा हुँदा हामी भगवान पुकार्थ्यौं।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबभन्दा उत्तम उपाय भनेकै लकडाउन रहेछ। लकडाउनको पूर्ण पालना गरेर आफ्नो भन्दा पनि आफ्नो परिवार, गाउँघर, समाज तथा देशलाई महामारीबाट बचाउन सकिन्छ।
सरकारले निर्देशित गरेका अन्य नियमहरू पनि पूर्णरूपमा पालना गर्न सकियो भने मात्र कोरोना महामारीको लडाइँ जित्न सक्छौं।
प्रतिक्रिया दिनुहोस्