कैलाली। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर ११ वैशाखमा घर फर्किइन्।
प्रदेश २ को वीरगञ्जमा श्रीमानले सञ्चालन गरेको चिया पसलमा सघाउँदै आएकी उनलाई कैलाली आउनेबित्तिकै लम्की बहुमुखी क्याम्पसमा सञ्चालन रहेको क्वारेन्टाइनमा राखिएको थियो।
दुई हप्ता क्वारेन्टाइनमा रहँदा पनि कुनै लक्षण नदेखिएपछि उनको स्वाब सङ्कलन गरी घर पठाइएको थियो। घर पठाइएको तीन दिनमा रिपोर्ट पोजिटिभ देखिएपछि लम्की क्षेत्रमा एक किसिमको तरंग नै फैलिएको थियो। संक्रमण देखिएपछि उनलाई धनगढीस्थित् सेती प्रादेशिक अस्पतालमा राखिएको थियो।
अस्पतालका अनुसार उनको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।
कोरोनालाई जितेकी पानाले आफ्ना अनुभव यसरी बाँडेकी छन् :
मलाई दमको रोग छ, त्यसैले कहिलेकाहीँ चिन्ता हुन्थ्यो। त्यसबाहेक मलाई म ठीक हुन्छु भन्ने विश्वास थियो। मैले हिम्मत कहिल्यै हारिनँ, जहिले पनि ठीक हुन्छु भन्ने सोचेर बस्थेँ। अन्तिममा सबै डाक्टर, नर्सहरूको रेखदेखले म ठीक भएँ। सबैलाई सताइरहेको यो रोगलाई जित्न सकेकोमा निकै खुशी छु।
अस्पतालका डाक्टर तथा नर्सहरूबाट मैले खूबै राम्रो व्यवहार पाएँ। उहाँहरू मलाई राम्ररी आमा भनेर बोलाउनुहुन्थ्यो, सरसफाइमा ध्यान दिनुपर्छ भनेर सिकाउनुहुन्थ्यो। आमा धेरै चिन्ता नगर्नुस्, तपाईं सञ्चो भइहाल्नुहुन्छ भनेर हिम्मत बढाउने काम गर्नुहुन्थ्यो। डाक्टर तथा नर्सहरूलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट।
म वीरगञ्जबाट आउनेबित्तिकै क्वारेन्टाइनमा बसेँ। शुरुमा कुनै लक्षण नदेखिएपछि घर गएँ तर तीन दिनपछि कोरोना लागेको भन्ने खबर सुन्दा डर नलाग्ने कुरै भएन। शुरूमा म धेरै डराएको थिएँ तर, पछि लाग्यो, काल नआईकन कसरी मरिएला र ? त्यसैले हिम्मत बढाएर बसेँ र कोरोनालाई जितेर घर आएको छु।
मलाई यो रोग ठीक भयो भन्ने सुन्दाका बखत आफ्ना छोरा, नाति, आफन्त तथा देवीदेउतालाई सम्झिएँ। माथितिर हेरेर बेस्सरी चिच्याएँ, सोच्नुस् त्यति खुशी मैले जीवनमा कहिल्यै पाएको थिएन। मैले आफूलाई आफ्ना सारा दुश्मन हराएर आएको सैनिक जस्तो सोचिरहेको थिएँ।
आफ्ना बालबच्चा सम्झने, बस्ने, सुत्ने, त्यसै गरी बिताएँ मैले अस्पतालमा आफ्ना दिनहरू। कहिले घर जान पाउँला जस्तो सोचेर बसिरहन्थेँ अस्पतालमा। एक्लै बस्दा मनमा नकारात्मक कुराहरू आउन सक्छन् भनेर जहिले पनि आत्मविश्वास बढाएर बसेँ।
अस्पतालमा त एउटै कोठामा थिएँ न्यास्रो पनि लाग्थ्यो तर, यहाँ घर आइसकेपछि अलग्गै सानो भान्सा छ, त्यसमा एक्लै बस्छु। बिहान उठेर आँगन लिप्छु , खाना पकाउँछु, खान्छु। घरमा अरू त सबै कुरा ठीक छ तर, चर्पी छैन। त्यसैले जङ्गलमा गएर दिसापिसाब गर्छु, त्यति दुःख छ। चर्पी भएको भए धेरै दुःख हुँदैन थियो। बिहानै उठेर जङ्गल गएर दिसापिसाब गरेर आउँछु। मेरो एउटै चाहना छ अब चर्पी बनाउने।
म घर फर्केर आउँदा सबैले राम्रै गरेका छन्। तपाईं कोरोना लागेर अस्पताल जाँदा गाउँमा त्रास थियो, तपाईं ठिक भएर आएपछि सबै त्रास हराएको छ भन्छन् गाउँमा अहिले। कोरोना जितेर अस्पतालबाट आएको आज तेस्रो दिन भएको हुनाले टाढैबाट बधाई दिएर जान्छन् गाउँलेहरू। निकै खुशी लाग्छ आफन्त, स्थानीय तथा छिमेकीको व्यवहारप्रति।
यो रोगलाई मैले त मेरो आफ्नो हिम्मतले हराएको हुँ। सबैभन्दा महत्वपूर्ण कुरा हिम्मत हो। यो रोगलाई सरसफाइमा ध्यान दिएर पनि हराउन सकिन्छ भन्ने मलाई लाग्छ। हिम्मत गरेर म ६१ वर्षकी बूढी मान्छेले त यो कोरोना हराएँ, हिम्मत गरेपछि अरूले हराउन नसक्ने कुरै छैन नि। म भन्छु, हिम्मत गर्नुस्, कोरोना जितिन्छ, म बूढी मान्छेले त जितेँ। रासस
" /> कैलाली। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर ११ वैशाखमा घर फर्किइन्।प्रदेश २ को वीरगञ्जमा श्रीमानले सञ्चालन गरेको चिया पसलमा सघाउँदै आएकी उनलाई कैलाली आउनेबित्तिकै लम्की बहुमुखी क्याम्पसमा सञ्चालन रहेको क्वारेन्टाइनमा राखिएको थियो।

">