भोजपुर। प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली एकजना कोरोना संक्रमित फेला परेको हतुवागढी गाउँपालिकामा स्वास्थ्य सामग्री लिएर पुगेको छ।
कोभिड-१९ परीक्षण, उपचारमा प्रयोग हुने सामग्री लिएर टोली आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँपालिकाको केन्द्र घोडेटार पुगेको हो। भोजपुर मुख्यमन्त्री राईको गृह जिल्ला हो भने हतुवागढी उनको निर्वाचन क्षेत्र हो।
राईले थर्मलगन ४ थान, स्वाब संकलनका लागि प्रयोग हुने भीपीएन १०० थान, पीपीई सेट १० थान, एन-९५ मास्कलगायतका सामान गाउँपालिका प्रमुख प्रेमकुमार राईलाई हस्तान्तरण गरेका छन्।

मुख्यमन्त्रीको साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरे पनि पुगेका थिए।
३० फागुनमा साउदी अरबबाट काठमाडौं हुँदै घर फर्किएका हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका २६ वर्षीय युवामा दुई दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
उनलाई आज बिहान एम्बुलेन्सबाट उपचारका लागि विराटनगरस्थित् कोशी अस्पताल लगिएको छ।
" /> भोजपुर। प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली एकजना कोरोना संक्रमित फेला परेको हतुवागढी गाउँपालिकामा स्वास्थ्य सामग्री लिएर पुगेको छ।कोभिड-१९ परीक्षण, उपचारमा प्रयोग हुने सामग्री लिएर टोली आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँपालिकाको केन्द्र घोडेटार पुगेको हो। भोजपुर मुख्यमन्त्री राईको गृह जिल्ला हो भने हतुवागढी उनको निर्वाचन क्षेत्र हो।

">