काठमाडौं। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कुनै पनि चिकित्सक जान नमानेको भन्दै मन्त्रालयबाट समेत व्यवस्थापन हुन नसके आफूलाई कामकाजका लागि खटाइदिन स्वास्थ्यमन्त्रीलाई पत्राचार गरेका छन्।
कोल्टीमा विगत लामो समयदेखि चिकित्सकको पदपूर्ति हुन नसकेको र अहिले कोभिड-१९ को उपचारको लागि उक्त स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष भए पनि चिकित्सक जान नमानिरहेको भन्दै डा. अवस्थीले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
उक्त क्षेत्रबाट चिकित्सकको माग भई आएपछि निर्देशनालयले बाजुरामै कार्यरतमध्ये एकजनालाई खटाउन बाजुरा अस्पताललाई पत्राचार गरेको थियो।
तर, त्यहाँबाट पनि खटाउन सक्ने अवस्था नरहेको पत्र आएपछि निर्देशनालयले नेपाल सरकारको छात्रवृत्तिमा अध्ययनरत डा. राजुराज जैसीलाई कोरोनाकाे महामारी नियन्त्रण नहुन्जेलसम्मको लागि खटिएकै ठाउँबाट तलब भत्ता पाउने गरी कामकाज गर्न पुनः पत्राचार गरेकाे थियाे। तर, जैसीले पनि निर्देशनालयको पत्राचारको अवज्ञा गरेर कामकाज गर्न खटाएको ठाउँमा नगएर अटेरी गरेको बसेको निर्देशनालयले जनाएको छ।
स्वास्थ्य निर्देशक अवस्थीले प्रदेशमा काम गरिरहेका चिकित्सकलगायतको परिचालन गर्दा अटेर गरी बस्ने, निर्देशन नमान्ने अनि हाल विश्वव्यापीरूपमा फैलिएको महामारी पनि नियन्त्रण, रोकथाम तथा व्यवस्थापन गर्नैपर्ने भएकाले उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा यथाशीघ्र चिकित्सकको व्यवस्थापन गर्न स्वास्थ्यमन्त्रीलाई पत्राचार गरेका हुन्।
“जनगुनासो व्यापक छ। सरकारले पठाएका डाक्टर सदरमुकाममा सीमित छन्। दुर्गम क्षेत्र भएकाले डाक्टर नै जान मानिरहेका छैनन्। अब मन्त्रीज्यूले के निर्णय गर्नुहुन्छ ? त्यो हेर्न बाँकी छ”, अवस्थीले देखापढीसँग भने।

" /> काठमाडौं। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कुनै पनि चिकित्सक जान नमानेको भन्दै मन्त्रालयबाट समेत व्यवस्थापन हुन नसके आफूलाई कामकाजका लागि खटाइदिन स्वास्थ्यमन्त्रीलाई पत्राचार गरेका छन्।

">