लमजुङमा गाउँ पसेकाे चरिबाघकाे उद्धार

लमजुङ। लकडाउनका बेला लमजुङकाे एक गाउँ चरीबाघ भेटिएकाे छ।

राइनास नगरपालिका-४, सातबीसे गाउँमा गयराति चरीबाघ पसेको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख मोहन काफ्लेले बताए।

गाउँमा बाघ आएको खबर डिभिजन वन कार्यालयलाई आएपछि सोही नगरमा रहेको राइनास सबडिभिजनका कर्मचारीले उद्धार गरी नजिकैको जंगलमै छाडिदिएको उनको भनाइ छ। चरीबाघ सम्भवतः जिल्लामै पहिलोपटक गाउँ पसेको उनी बताउँछन्।

तराईदेखि ४५ मिटरको उचाइसम्म जुनसुकै स्थानमा समेत चरीबाघ पाइने काफ्लेको भनाइ छ। उनले भने, “वनजंगलमा आगलागी हुनु र लकडाउनका कारण सब स्थानमा सुनसान भएपछि जनावर गाउँ छिर्न थालेका हुन्।”

यसले मान्छेलाई आक्रमण नगरे पनि सानासाना पाठा, कुखुरालगायत खाने बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्