तिब्बतले दिएका स्वास्थ्य सामग्री तातोपानीबाट भित्रिए
काठमाडौं । चीनको तिब्बत सरकारले दिएको स्वास्थ्य सामग्री सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भित्रिएका छन् ।

निजी क्षेत्रले खरिद गरेका स्वास्थ्य सामग्री पनि तातोपानीबाट भित्रिइरहेका छन् ।

तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार हालसम्म ७२ हजार पाँच सय थान मास्क, पीसीआर मेसिन दुई थान र टेष्टिङ किट २० हजार थान भित्रिएका छन् ।

यस्तै डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पीपीई २१ हजार २ सय ६० थान भित्रिएका छन् ।

एक हजार थान प्रोटेक्टिभ चश्मा, २० हजार आठ सय थान डिस्पोजेबल सु-कभर, पाँच हजार आठ सय थान फेस सेइल्ड र ४ सय ३० थान मेडिकल वेड म्याट्रिक्स पनि आएका छन् ।

तिब्बतले नेपाल सरकारलाई अनुदानमा दिएको रू आठ  करोड ३१ लाख बराबरको स्वास्थ्य सामग्रीमा १० हजार थान एन-९५ मास्क, १० हजार थान पीपीई, एक हजार थान इन्फ्रारेड थर्मामिटर, दुई थान पीसीआर मेसिन, १० हजार थान टेष्टिङ किट र ५० थान वेट वाइपबाहेक अन्य स्वास्थ्य सामग्री निजी क्षेत्रले खरिद गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्