चट्याङ लागेर तीनजना घाइते
कैलाली। शुक्रबार चट्याङ लागेर बैतडीमा तीनजना घाइते भएका भएका छन्।

डिलाशैनी गाउँपालिका ६ कुय्यादहका एकाघरका तीनजना घाइते भएका हुन्।

घाइते हुनेमा हेमन्ती लुहार, सुनिता लुहार र भुरी लुहार रहेको प्रहरीले जनाएको छ।

चट्याङ लागेर उनीहरूको शरीर जलेको र गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको बैतडीका प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेयले बताए।

शुकबार राति नौ बजेतिर परेको चट्याङका कारण त्यस क्षेत्रमा विद्युत सेवासमेत अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस्