चिनियाँ दम्पतीले छोरालाई रातारात बनाए अर्बपति

हङकङ। एक चिनियाँ दम्पतीले आफ्ना २४ वर्षे छोरालाई रातारात अर्बपति बनाएको छ।

हङकङमा प्रधान कार्यालय रहेको सिनो बायोफर्मास्युटिकलका मालिक से पिङ र उनकी पत्‍नी चङ लिङ चेङले छोरा एरिक सेलाई अर्बपति बनाएका हुन्।

एरिकलाई उनका मातापिताले तीन खर्ब ८० अर्ब डलरको मालिक बनाएका छन्। उक्त सम्पत्ति से दम्पतीले उपहारका रूपमा छोरालाई दिएका हुन्।

कम्पनीको सेयरमध्ये करिब पाँचौं हिस्सा से दम्पतीले छोरालाई हस्तान्तरण गरेका छन्। त्यसबाट एरिक रातारात विश्वका धनी व्यक्तिमध्येमा परेका छन्।

अमेरिकाको सियाटलमा जन्मेका एरिकले प्राथमिक शिक्षा बेइजिङमा लिएका थिए। माध्यमिक तह हङकङमा लिए। अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियाबाट व्यवस्थापनमा स्‍नातक गरेका छन्।

उनले चाइना समिट फाउन्डेसन नामक परोपकारी संस्था स्थापना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्