साउदी अभियन्ताको जेलमै निधन

रियाद । साउदी अरेबियाका एक अभियन्ताको जेलमै निधन भएको उनका समर्थकहरूले जनाएका छन् ।

६९ वर्षीय अब्दुल्ला अल हमिदको अप्रिलको शुरुमै मृत्यु भएको खुलासा भएको हो । दी गार्जियनका अनुसार उनी ११ वर्षको जेल जीवन व्यतीत गरिरहेका थिए ।

मस्तिष्काघातका कारण उनको निधन भएको एमनेस्टी इन्टरनेसनललगायत मानव अधिकार समूहहरूले जनाएका छन् ।

हमिद साउदी सिभिल एन्ड पोलिटिकल राइट्स एसोसिएसन नामक अधिकारवादी समूहका संस्थापक सदस्य थिए । मार्च २०१३ मा सरकारले पक्राउ गरेर उनलाई जेलमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्