काठमाडौं। कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित हिंकु केभ इलाकामा करीब साढे तीन महीनाअघि हिमपहिरोमा परेर बेपत्ता भएका विदेशी पर्यटक र नेपाली गाइडमध्ये एकजना नेपालीको शव आज फेला परेको छ।
सो क्षेत्रको उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हराइरहेका गाइडमध्ये एकजनाको शव आज दिउँसो फेला पारेको हो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गत ३ माघ २०७६ मा सो क्षेत्रको हिमपहिरोमा तीनजना नेपाली गाइड र चारजना कोरियाली पर्यटक बेपत्ता भएका थिए। पश्चिम पृतना हेडक्वार्टर पोखराले त्यहाँस्थित सेकेन्ड रेन्जर बटालियनबाट खटाएको टोलीले आज दिउँसो हेलिकप्टरबाट शव देखेको र त्यसपछि घटनास्थलमा पुगेर शवसँगै तीनवटा झोला बरामद् गरेको निर्देशनालयले जनाएको छ।
भेटिएको शव धादिंगको गंगा जमुना गाउँपालिका वडा नम्बर ४५ वर्षीय मेमबहादुर तामाङको भएको सेनाले उल्लेख गरेको छ।
सो शवलाई पोष्टमार्टमका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको सेनाले जनाएको छ।
हिमपहिरोमा हराइरहेकामध्ये एकजना नेपालीको शव यसअघि नै फेला परेको थियो। एकजना नेपाली र चारजना कोरियाली नागरिकको शव भने अझै नभेटिएको र उनीहरूको खोजी कार्यलाई अझै निरन्तरता दिइने सेनाले जनाएको छ।
" /> काठमाडौं। कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित हिंकु केभ इलाकामा करीब साढे तीन महीनाअघि हिमपहिरोमा परेर बेपत्ता भएका विदेशी पर्यटक र नेपाली गाइडमध्ये एकजना नेपालीको शव आज फेला परेको छ।सो क्षेत्रको उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हराइरहेका गाइडमध्ये एकजनाको शव आज दिउँसो फेला पारेको हो।

">