प्रदेश १: कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख जम्मा <p>विराटनगर। प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख ८६ हजार ७२५ रूपैयाँ जम्मा भएको छ।</p> <p>यो कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो।</p> <p>कोषमा विभिन्न संघसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताए।</p> <p>लेखा अधिकृत योग्यप्रसाद राईका अनुसार कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख रूपैयाँ खर्च भइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्