बालकृष्ण दाहाल।

आज १२ वैशाख। क्यालेन्डरमा आजको दिन देख्नासाथ २०७२ को महाभूकम्प र त्यसले निम्त्याएको त्रासदीपूर्ण क्षण आँखै अगाडि आउँछ। सम्झिँदा पनि आङ जिरिंग हुन्छ। त्यसो त महाभूकम्पका हरेकका आ–आफ्नै सम्झना होलान्। कतिले आफन्त गुमाउनुपर्‍यो। कति आफैं घाइते बने। हजारौंका घर भत्किए। ती सबैको आफ्नै कथा होलान्। र, छ मेरो पनि।

भूइँचालोेपछि शव टेक्दै आफूसँगैका साथी गुमाउँदै पुनर्जन्म लिएर सिन्धुपाल्चोकको तातोपानीदेखि काठमाडाैं घरसम्म आइपुग्दाको त्यो यात्रा सम्झिँदा कुनै दर्दनाक फिल्मको दृश्य जस्तै लाग्छ।

१२ वैशाख २०७२ को बिहान ठिक ११ः१५ बजे तातोपानीस्थित मानसरोवर बोर्डिङ्ग स्कुलमा फिस्टेल एअरको हेलिकप्टर आएर बस्यो। लोकेसन बिराएको हेलिको पाइलटले मलाई सोधे– ‘ह्वेयर इज कोदारी ?’
म त्यही हेलिकप्टर चढेर उनीहरूलाई कोदारी पुर्‍याउन गएँ।

पुराना मित्र सरोजको कैलाश होटलमा खाना खान शुरू गरेको मात्र थिएँ। सरोजकी श्रीमती चिच्याइन्– भूइँचालो गयो। सरोजजीले मलाई भान्छाको स्ल्याबमुनि छिराए। आफू पनि श्रीमती र छोरीसहित स्ल्याबमुनि पसे। हामी त्यहीँभित्र लुकेर धेरै बेर बस्यौं। केही बेरपछि साम्य भयो। सरोजजीसँगै ढोकासम्म निस्कँदा पीच बाटोमा गाडीहरू कुच्चिएका थिए। उनीहरूको हर्न बजिरहेको थियो। र साइड लाइट बलिरहेको थियो।

अगाडिको पीच बाटोमा पहिरो खसेको मात्र देखिन्थ्यो। देब्रेपट्टि खरानी रंगको गाडीमा एकजना महिला च्यापिएको प्रष्टै देखिन्थ्यो। गाडीमाथिको ठूलो ढुंगा तीनजनाले निकाल्ने कोसिस गरे सकेनन्। त्यहाँ टुलुटुलु हेर्नु शिवाय कसैको दिमागमा केही उपाय सुझिरहेको थिएन।

सरोजजीको श्रीमतीसँग भएको एनसेलको सीममार्फत् मैले काठमाडौंमा परिवारसँग सम्पर्क गर्न खोजें। फोन लागेन। मित्र सुदर्शनसँग चाहिँ सम्पर्क भएपछि म सुरक्षित छु, घरमा त्यही भन्दिनु भनें। ४०–४५ मिनेटपछि हामी बाहिर निस्कने भयौं। अघिको गाडीमा च्यापिएका मानिसहरू मरिसकेका देखिन्थे। भौगोलिक बनावट अत्यन्तै कठिन भएको त्यो ठाउँमा पहिरोको त्रास भने रहि नै रहेको थियो। कालीमाटी घर बताउने एउटा भाइले मेरो बुबाको खुट्टा भाँचियो बोक्न सकिनँ लौन यता ल्याइदिनुपर्‍यो भन्दै प्रहरीसँग गुहार्दै थिए।

भूकम्पले आफ्नै चिलबिल भएको बेला पाहुनाप्रति देखाएको ती गाउँलेको सत्कारले नेपाली समाजमा सहयोगी भावना जीवित भएको महसुस हुन्थ्यो।

सबैजना चिलबिल भएको बेला सबै हतास थिए। म पनि हतासैहतासमा कसरी हुन्छ काठमाडौंमा परिवारसँग भेट्न आतुर थिएँ। तर, जताततै पहिरोले बाटो अवरूद्ध भएको र क्षण-क्षणमा कम्पन भई नै रहेकाले सजिलो भने थिएन। एकजना महिला र पाँच पुरूषसहित हामी कोदारीतिर भीरको बाटो लाग्यौं। पछि एकजना साथी मेघ पनि थपिएपछि तातोपानी लाग्यौं। बाटोमा कच्याककुचुक भएको रातो आई टेन गाडी रगताम्मे अवस्थामा भेटियो। दगुर्दै स्कुलमा आइपुग्दा तातोपानीका धेरै मान्छे जम्मा भएर त्यहीँ बसेका थिए।

मसँगै गएका पढाउने पाँचजना शिक्षक आत्तिइरहेका थिए। सुदेश सरले म फर्केर आइपुग्ने प्रति आशा मारेको सुनाए। स–साना कम्पनहरू चलि नै रहेका थिए। रातभर क्यान्टिनको पेटीमा भोकै आँखा झिमिक्कै नपारी बित्यो। तर, पारिपट्टि खासामा भने रातभरि उद्धार गरेको प्रष्टै देखिन्थ्यो। भोलिपल्ट बिहान म दौड्दै गएर नमस्ते होटलमा भएको मेरो ब्याग र मोबाइल लिएर आएँ।

म, राम, हरि, पवन, कमल र सुनिता हिंडेरै काठमाडौं जाने निधो गर्‍यौं। तर यशु, कविता र सुदेश जान मानेनन्। स्कुल तलबाट भोटेकोसीको किनार हुँदै दश किलो आइपुग्यौं। त्यहीँ भेटिएका राष्ट्रिय अनुसन्धानका रिटायर्ड एसएसपी किवाहिङ राईले पनि सासु र छोराछोरी लिएर हिंडेरै जाने निधो गरेपछि हामीलाई केही आँट थपियो। म, सुनिता मिस, राई सरको श्रीमती, छोराछोरी र ड्राइभर अघिअघि बीचमा हरि सर र पछाडि राई सर, सासु र राम सर हुनुहुन्थ्यो। लार्चा चौकीनेर आइपुग्दा बीचमा ठूला दुईवटा पहिरो र क्षतविक्षत गाडीहरू पार गरियो। लार्चा चौकी ध्वस्त थियो। माथिपट्टि अकरको भीर थियो भने तल धमिलो भोटेकोसी।

खकुण्डोलमा पनि सबै घरहरू भत्किएका थिए। सुनिता मिस र म मात्रै अगाडि भयौं। अरू बाटोमै छोडिए। एक ठाउँमा घरको झ्यालमा शरीरभित्रै र टाउको बाहिर निस्केको एकजनाको शव देखें। बीचमा कुनै घरहरू सग्ला थिएनन्। शवहरू त्रिपालमुनि यत्रतत्र थिए। एकठाउँ श्रीमान श्रीमतीलाई पहिरोले बाइकसहित पुरेको थियो। म त्यसैमाथि टेक्दै दगुरें। चाकुका घरहरू सबै भत्किएका थिए। पुलको बीचमा एउटा शव थियो। अलि वर आएपछि ३० जना जति मानिसहरू बसिरहेका थिए। अघि-अघि हिँडेका कमल र पवन सर पनि त्यहीँ भेटिए।

कोही बञ्जी जम्पको बाटो जाने भए भने कोही उकालो चढ्ने भए। म उकालो चढ्नेमा परें।

अगाडि आठ–दश जना थिए। पछाडि १२–१३ जना। म बीचमा। त्यहीबेला भूकम्प आइदियो। आँखै अगाडि पहिरोले पछाडिका सबैलाई लग्यो। म बारीतिर भागेँ। धर्ती हल्लिरहेको थियो। धेरैले त्यहीँ झोला छोडेर कुलेलाम ठोके। हामी माटोको ढिस्कोको छेउमा आड लागेर बस्यौं। एक्लै भएको म फेरि २०-२५ कान्ला उक्लें। चाकुमा शवहरू जलाइरहेकाले धूवाँ आइरहेको थियो। मास्तिर जाँदा सुरक्षित महसुस हुन्थ्यो। साँझ परिसकेको थियो। त्यहीबेला भेटिएका दुई स्थानीयले त्यो बाटो पहिरोकै कारण जानै नसक्ने बताउँदै उनीहरूले आफूहरूकै आश्रयस्थलमा बस्न भनें।

करीब ९ बजे उनीहरू त्रिपाल टाँगेर बसेको ठाउँमा पुगियो। भूकम्पले आफ्नै चिलबिल भएको बेला पाहुनाप्रति देखाएको ती गाउँलेको सत्कारले नेपाली समाजमा सहयोगी भावना जीवित भएको महसुस हुन्थ्यो। आफूहरू स्वयं विपद्‍मा परेका उनीहरूले घरमा पुरिएका अन्न पनि खोतल्न पाएका थिएनन्। त्यसमाथि लगातार कम्पन गइरहेथ्यो। त्यस्तो प्रतिकूल अवस्थामा पनि उनीहरूले बडो प्रेमपूर्वक हामीलाई सत्कार गरे। भोलिपल्ट एकजना वृद्धले हामीलाई डाँडैडाँडा जान सुझाए।

भूकम्प गएको तीन दिनका दिन बल्ल घरमा सम्पर्क भएपछि मन त हल्का भयो। तर, परिवारसँग भेट्न पुग्छु कि पुग्दिनँ भन्ने कुराले चाहिँ उत्तिकै पिरोलिरह्यो। बिजुली–पानी केही छैन होला र घर चिराचिरा परेको होला भन्ने पीर मात्र लाग्यो। अरू केही बोल्न सकिनँ। आफू सुरक्षित रहेको मात्र बताएँ। म सँगैका मान्छेहरूको आफन्तहरूलाई पनि फोन गरें। काठमाडौंमा रहनुभएका कुमार श्रेष्ठ र समीर नेपाल काकालाई फोन गरेर तत्कालीन गाधी गाविसको वडा नं. ६ लोकेसन बनाउँदै बालहित प्राविको माथि डाँडामा हेलिकप्टर ल्याइदिन अनुरोध गरेँ। तर उहाँहरूले हेलिकप्टर ल्याउन सम्भव नभएको जवाफ दिनुभएपछि त्यो रात हामीले त्यही‌ं बितायौं।

मंगलबार बिहान साढे ६ बजे हामी बाह्रबीसेतिर लाग्यौं। हामी भीरैभीर पहिरैपहिरो सिंगार्ची मन्दिरनेर पुग्यौं। स्थानीय घर कुनै सग्लो थिएन। मानिसहरू घरबाट झिक्न सक्ने सामान झिक्दै थिए। सिंगार्चीमाथि ठूलो भीर थियो। करीब २ घण्टा भीरको बाटो हुँदै खागदल पारिपट्टि आइपुग्यौं। पर बाह्रबीसे देखेपछि लामो श्वास तानियो। खेतखेतै तल रोडमा झरियो। सेनाको समूहले एउटा घरमा पुरिएका मान्छे खोज्दै थिए।

हामी फटाफट बाह्रबीसेको पुलनेर आइपुग्यौं। सेनाले खनेको बाटो हुँदै सुनकोशी तर्‍यौं। बल्ल धेरै सुरक्षित महसुस भयो। लामो साँगु आएर मोबाइलबाट श्रीमती एलिनाको नम्बरमा ट्राइ गर्दा फोन लाग्यो। दुवैजना फोनमा बेस्कन रोइयो। छोरी र आमासँग पनि बोलें। स्थानीय एक व्यक्तिले १५० भन्दा बढी मानिस मरेको बताए।

करीब आधा घण्टापछि हामी एक किलो पुगेर सुनिता मिसको घर ८ किलोमा पुगेँ। केहीबेरमै माथिबाट आएको गाडी रोकेर हामी खाडीचौर हुँदै काठमाडौं लाग्यौं। धुलिखेल बनेपाका सग्ला घरहरू देख्दा यता त केही नै नभएजस्तो आभास भयो।

जडीबुटीमा उत्रिएर गोठाटार आएँ। बुबाआमा, एलिना, छोरी, भतिज श्याम, एन्जिला र नाती सबै त्रिपालमुनि थिए। म परिवारसँगै रोएँ। परिवारको मुख हेर्न पलपलको मृत्युलाई जितेर आएको त्यो क्षण मानसपटलमा आजन्म ताजै रहनेछ।

"> तातोपानीबाट शव टेक्दै काठमाडौं आइपुगेको त्यो यात्रा: Dekhapadhi
तातोपानीबाट शव टेक्दै काठमाडौं आइपुगेको त्यो यात्रा

प्रतिक्रिया दिनुहोस्