काठमाडौं। गृहमन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा दुईजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।
परिसर प्रमुखमा एसएसपी श्याम ज्ञवालीको सरुवा गरिएको छ भने महानगरी अपराध महाशाखामा एसएसपी दीपक थापाको सरुवा भएको छ।
गृहमन्त्रालयले दुवैजनाको सरुवा गरिएको पत्र प्रहरी प्रधान कार्यालयलाई पठाइसकेको छ।
परिसरमा रहेका एसएसपी उत्तमराज सुवेदी र अपराध महाशाखाका एसएसपी सहकुल थापा डीआईजी बढुवा भएपछि दुवै स्थानमा नेतृत्व रिक्त रहेको थियो।
ज्ञवाली हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए भने थापा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखामा कार्यरत थिए।
दुवै जना व्यावसायिक प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। दुवै जना एकै ब्याचका हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखालाई प्रहरीका महत्वपूर्ण ठाउँका रूपमा लिने गरिन्छ।
दुवैजना प्रहरी अधिकृतहरूले यसअघि जिल्लाका विभिन्न कमान्ड सम्हालिसकेका छन्।
" /> काठमाडौं। गृहमन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा दुईजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।परिसर प्रमुखमा एसएसपी श्याम ज्ञवालीको सरुवा गरिएको छ भने महानगरी अपराध महाशाखामा एसएसपी दीपक थापाको सरुवा भएको छ।

">