d more at: https://thahakhabar.com/news/95715" /> d more at: https://thahakhabar.com/news/95715"> डडेल्धुराको महाभारत क्षेत्रमा दोस्रो चरणको क्यामरा ट्रयापिङ: Dekhapadhi
डडेल्धुराको महाभारत क्षेत्रमा दोस्रो चरणको क्यामरा ट्रयापिङ
डडेल्धुरा। डडेल्धुराको महाभारत क्षेत्रको भागेश्वर करिडोरमा दोस्रो चरणको क्यामरा ट्रयापिङ शुरू भएको छ।

पाटेबाघलगायत अन्य वन्यजन्तुको उपस्थिति अध्ययनका लागि आजबाट शुरू भएको क्यामरा ट्रयापिङ एक महीनासम्म चल्नेछ।

पहिलो चरणको क्यामरा ट्रयापिङमा नेपालमा पहिलाेपटक २५०० मिटर उचाइमा पाटेबाघ फेला परेपछि तराई तथा भू–परिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष र डिभिजन वन कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा दोस्रो चरणको अध्ययन शुरू भएको हो।

यसपटकको अध्ययन पर्शुरामधाम सवडिभिजनअन्तर्गत पर्ने वनक्षेत्र (महाकाली नदी किनारासम्म र साविक शीर्ष गाविस) र भागेश्वर सवडिभिजनअन्तर्गतको रुपाल क्षेत्रसम्म गरिनेछ।

यसका लागि ३० जोडी क्यामरा जडान गरिने डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए।

उनका अनुसार क्यामरा ट्रयापिङमा वन कार्यालयको तर्फबाट पाँचजना सहयोगी र तराई तथा भू–परिधि कार्यक्रमका तर्फबाट पाँचजना प्राविधिक खटाइएको छ।

d more at: https://thahakhabar.com/news/95715

प्रतिक्रिया दिनुहोस्