तीन दिन देशैभर वर्षाको सम्भावना
काठमाडौं। आउँदो तीनसम्म दिन देशैभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा गराउने देखिन्छ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र आजबाट नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेको छ। जसले गर्दा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए। पौडेलका अनुसार यी तीन प्रणालीको समिश्रणले मुकुलभर हल्का वर्षा भइरहेको छ। “आइतबारसम्म बिहान र दिउँसो केही समय मौसम खुले पनि अपराह्न तथा साँझापख निरन्तर वर्षा हुनेछ”, उनले भने।

केही दिनयतादेखि दिउँसोको समयमा घाम नलाग्दा अधिकतम तापक्रम घटेका कारण चिसो महसुस भएको पनि महाशाखाले जनाएको छ। मौसम पूर्णरुपमा सुधार हुन एक साता लाग्ने बताइएको छ।

आज राति मध्य र पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका एक दुई स्थानमा चट्याङ्, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार देशभर आंंशिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू–भागका एक दुई स्थान, मध्य र पूर्वी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ, हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्