यस्तै, ३२ जिल्लाका ९ सय २० मध्ये ४ सय २ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको ज्ञवालीले बताए। १ सय ४१ वटा सम्पदाहरू पुनर्निर्माणको चरणमा रहेको उनले जानकारी दिए। काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १ सय ७० वटा सम्पदामध्ये १ सय १ वटा अर्थात ५९ प्रतिशत सम्पन्न भएका छन् भने बाँकी ५४ वटा अर्थात ३२ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको तथ्यांक प्राधिकरणले प्रकाशन गरेको छ।
कुल १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाहरूको पुनर्निर्माण सकिएको छ। १ सय ४५ वटा वास्थ्य संस्था पुनर्निर्माणको चरणमा छन्। सम्पन्न भएका र पुनर्निर्माण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति हासिल भएको ज्ञवालीले बताए।
कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ४९ वटा अर्थात ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको र ४९ वटा पुनर्निर्माणको चरणमा रहेको उनले जानकारी दिए।
त्यसैगरी, सुरक्षा निकायका १ सय ९४ वटा संरचनाहरूको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २२ वटा पुनर्निर्माणको चरणमा छन्।
भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ जनालाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुम्बासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा जग्गा उपलब्ध गराई निजी आवास पुनर्निर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ भने ९ वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ। २७ वटाको डिपिआर स्वीकृत भई निर्माणाधीन छन्। यसरी कुल ७९ वटा एकीकृत बस्तीहरू पुनर्निर्माणको प्रक्रियामा रहेको ज्ञवालीले बताए।
पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ किलोमिटर सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३ सय १९ किलोमिटर सडकको पुनर्निर्माण अन्तिम चरणमा रहेको उनले बताएका छन्।
यस अवधिमा खानेपानी विभागमार्फत १ हजार वटा खानेपानी योजनाहरू सम्पन्न भएका र १ सय वटा खानेपानी योजनाहरू कार्यान्वयनका चरणमा रहेको प्राधिकरणको तथ्यांक छ।
पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ गरी ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको तथ्यांक प्राधिकरणले प्रकाशन गरेको छ।
धमाधम पुनर्निर्माणको भइरहेको अवस्थामा कोरोना भाइरसको महामारीले काम प्रभावित भएको ज्ञवालीले बताए। “पुनर्निर्माण र पुनःस्थापनाका क्षेत्रमा द्रुत गतिमा काम जारी रहेका बेला कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सिर्जित नयाँ खालको परिस्थितिले काम गम्भीर रूपमा प्रभावित भएको छ,” ज्ञवालीले भने।
" />

">