भोजपुर। कोभिड-१९ का एक बिरामी भेटिएपछि हतुवागढी गाउँपालिकालाई 'सिल' गरिएको छ।
हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका २६ वर्षीय युवकको कोरोना संक्रमण पाइएपछि थप जोखिम नहोस् भनेर गाउँपालिका प्रवेश गर्न र त्यहाँबाट बाहिर जान पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले देखापढीलाई बताए।
आज बिहान जिल्ला प्रशासन कार्यालय भोजपुरमा बसेको कोभिड-१९ जिल्ला कमाण्‍ड पोष्‍टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र संखुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकाहरूमा थप कडाइको लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णयसमेत गरेको छ।
३० फागुनमा साउदी अरबबाट काठमाडौं हुँदै होम्ताङ्गस्थित घर आइपुगेका ती युवाको 'ट्राभल हिस्ट्रि' र 'कन्ट्याक्ट ट्रेसिङ' को आधारमा परीक्षणको दायरा बढाउनेबारे पनि छलफल भएको छ।
उनका परिवारका सदस्य र सम्पर्कमा रहेकाहरू र वरपरको क्षेत्रमा कोभिड-१९ परीक्षणको लागि विज्ञ चिकित्सकसहित आरडीटी किट, पीपीई सेट, स्यानिटाइजर, एन-९५ मास्कलगायतका स्वास्थ्य सामग्री प्रदेश १ सरकारसँग माग्ने पनि बैठकले निर्णय गरेको छ।
अहिले घोडेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलसनमा भर्ना गरिएका ती युवालाई गाउँपालिकासँग समन्वय गरी आज नै  एम्बुलेन्समा विराटनगरस्थित कोशी अस्पताल पठाइने सीडीओ पुरीले जानकारी दिए।
पढ्नुहोस्
१६ घण्टा बित्दा पनि भोजपुरका कोरोना संक्रमितलाई अस्पताल लगिएन, छलफलमै अलमल
" /> भोजपुर। कोभिड-१९ का एक बिरामी भेटिएपछि हतुवागढी गाउँपालिकालाई 'सिल' गरिएको छ।
हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका २६ वर्षीय युवकको कोरोना संक्रमण पाइएपछि थप जोखिम नहोस् भनेर गाउँपालिका प्रवेश गर्न र त्यहाँबाट बाहिर जान पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले देखापढीलाई बताए।
आज बिहान जिल्ला प्रशासन कार्यालय भोजपुरमा बसेको कोभिड-१९ जिल्ला कमाण्‍ड पोष्‍टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र संखुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकाहरूमा थप कडाइको लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णयसमेत गरेको छ।
३० फागुनमा साउदी अरबबाट काठमाडौं हुँदै होम्ताङ्गस्थित घर आइपुगेका ती युवाको 'ट्राभल हिस्ट्रि' र 'कन्ट्याक्ट ट्रेसिङ' को आधारमा परीक्षणको दायरा बढाउनेबारे पनि छलफल भएको छ।
उनका परिवारका सदस्य र सम्पर्कमा रहेकाहरू र वरपरको क्षेत्रमा कोभिड-१९ परीक्षणको लागि विज्ञ चिकित्सकसहित आरडीटी किट, पीपीई सेट, स्यानिटाइजर, एन-९५ मास्कलगायतका स्वास्थ्य सामग्री प्रदेश १ सरकारसँग माग्ने पनि बैठकले निर्णय गरेको छ।
अहिले घोडेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलसनमा भर्ना गरिएका ती युवालाई गाउँपालिकासँग समन्वय गरी आज नै  एम्बुलेन्समा विराटनगरस्थित कोशी अस्पताल पठाइने सीडीओ पुरीले जानकारी दिए।
पढ्नुहोस्
१६ घण्टा बित्दा पनि भोजपुरका कोरोना संक्रमितलाई अस्पताल लगिएन, छलफलमै अलमल
प्रतिक्रिया दिनुहोस्