मातातीर्थ औंसीमा केकीलाई अक्षर सुधार्न सुझाव

काठमाडौं। लकडाउनका बेला परेको यस वर्षको मातातीर्थ औंसीमा नायिका केकी अधिकारीले आमालाई चिठी लेखिन्।

उनले आफ्नो र आमाको तस्वीरसहित साे चिठी पनि फेसबुकमा पोष्ट्याइन्।

आमाका बारेमा लेखिएको सो चिठीका अक्षर भने राम्रा नभएपछि उनका फलोअर्सले अक्षर सुधार्न सुझाव दिएका छन्।

केकीले साँझ फेसबुक लाइभमा आएर आफ्नो नेपाली अक्षर एकदमै कमजोर रहेको स्वीकारिन्। धेरै समयपछि नेपाली लेखेका कारण अक्षर नराम्रो बन्न पुगेको उनले बताइन्।

यस्तै उनले आफ्नो कमेन्ट बक्समा आमाको सम्मानमा लेखिएका कविता तथा मुक्तकसमेत वाचन गरेका थिइन्।

प्रतिक्रिया दिनुहोस्