कास्की। अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी ३ माघ २०७६ मा बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटकमध्ये थप एकजनाको शव फेला परेको छ।

पदयात्रा क्षेत्रको अन्नपूर्ण गाउँपालिका–११ स्थित हिमालयबाट माथि देउरालीको बीच करीब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिम पहिरोमा हराएका एकजनाको हिजाे, १० वैशाखमा शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय प्रहरी तथा पर्यटक प्रहरीले घटनास्थललाई सुरक्षित गरिसकेको तथा शव ल्याउने प्रक्रिया शुरू भएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।

स्थानीय प्रहरीबाट हेर्दा नेपाली जस्तो देखिए पनि सनाखत भइनसकेको प्रहरीको भनाइ छ। घटनास्थल नजिकै तीनवटा झोला र चस्मासमेत फेला परेको बताइन्छ।

“अहिले बेपत्ताका आफन्त जिल्ला प्रहरी कार्यालयमा आउनुभएको छ। उहाँहरू घटनास्थल पुगेर हेरेपछि मात्र शवको सनाखत हुन्छ”, प्रहरी निरीक्षक खनालले भने। पहिरोमा हराएकामध्ये एक नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो। रासस

" /> कास्की। अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी ३ माघ २०७६ मा बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटकमध्ये थप एकजनाको शव फेला परेको छ।

पदयात्रा क्षेत्रको अन्नपूर्ण गाउँपालिका–११ स्थित हिमालयबाट माथि देउरालीको बीच करीब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिम पहिरोमा हराएका एकजनाको हिजाे, १० वैशाखमा शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय प्रहरी तथा पर्यटक प्रहरीले घटनास्थललाई सुरक्षित गरिसकेको तथा शव ल्याउने प्रक्रिया शुरू भएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।

स्थानीय प्रहरीबाट हेर्दा नेपाली जस्तो देखिए पनि सनाखत भइनसकेको प्रहरीको भनाइ छ। घटनास्थल नजिकै तीनवटा झोला र चस्मासमेत फेला परेको बताइन्छ।

“अहिले बेपत्ताका आफन्त जिल्ला प्रहरी कार्यालयमा आउनुभएको छ। उहाँहरू घटनास्थल पुगेर हेरेपछि मात्र शवको सनाखत हुन्छ”, प्रहरी निरीक्षक खनालले भने। पहिरोमा हराएकामध्ये एक नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो। रासस

"> अन्‍नपूर्ण पदयात्राका क्रममा हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला: Dekhapadhi
अन्‍नपूर्ण पदयात्राका क्रममा हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला
कास्की। अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी ३ माघ २०७६ मा बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटकमध्ये थप एकजनाको शव फेला परेको छ।

पदयात्रा क्षेत्रको अन्नपूर्ण गाउँपालिका–११ स्थित हिमालयबाट माथि देउरालीको बीच करीब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिम पहिरोमा हराएका एकजनाको हिजाे, १० वैशाखमा शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय प्रहरी तथा पर्यटक प्रहरीले घटनास्थललाई सुरक्षित गरिसकेको तथा शव ल्याउने प्रक्रिया शुरू भएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।

स्थानीय प्रहरीबाट हेर्दा नेपाली जस्तो देखिए पनि सनाखत भइनसकेको प्रहरीको भनाइ छ। घटनास्थल नजिकै तीनवटा झोला र चस्मासमेत फेला परेको बताइन्छ।

“अहिले बेपत्ताका आफन्त जिल्ला प्रहरी कार्यालयमा आउनुभएको छ। उहाँहरू घटनास्थल पुगेर हेरेपछि मात्र शवको सनाखत हुन्छ”, प्रहरी निरीक्षक खनालले भने। पहिरोमा हराएकामध्ये एक नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्