पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति
<p>काठमाडौं। काठमाडौ जिल्ला अदालतले पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्‍न प्रहरीलाई अनुमति दिएको छ।</p>
<p>गएराति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेका उपाध्यायलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोका एसएसपी नविन्द्र अर्यालले <em>देखापढी</em>लाई बताए।</p>
<p>साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय अपराधअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाएको छ।</p>
<p>प्रहरीका स्रोतका अनुसार पूर्वसचिव उपाध्यायले पछिल्लो समयमा स्वास्थ्य सामग्री खरीदलगायतका विषयमा सामाजिक संजालमा अफवाह फैलाएको उजुरी परेपछि उनीमाथि कारवाही थालिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
