पूर्वसचिव भीम उपाध्याय ललितपुरबाट पक्राउ
काठमाडौं। पूर्वसचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ।

आज राति करीब सवा ९ बजेको समयमा उपाध्यायलाई ललितपुरको कुसन्तीस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी टेकप्रसाद राईले पनि पूर्वसचिव उपाध्याय ललितपुर क्षेत्रबाट पक्राउ परेको देखापढीलाई जानकारी दिए।

उपाध्यायलाई साइबर ब्यूरोले पक्राउ गरेकाले उनीविरुद्ध कुनै साइबर अपराध अन्तर्गत् उजुरी परेको हुन सक्ने बुझिएको छ।

तर, प्रहरीले अहिलेसम्म उनलाई कुन आरोपमा पक्राउ गरेको भन्ने खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्