"> घर जानेहरूको घुइँचो (भिडिओसहित): Dekhapadhi
घर जानेहरूको घुइँचो (भिडिओसहित)
काठमाडौं। झिसमिसे साँझ, सिमसिम पानी परिरहेथ्यो। प्राय: सबै घरभित्रै थिए होलान्, बाहिरिएकाहरू पनि सायद घरभित्र पस्दै हुँदाहुन्। यसै पनि लकडाउनमा घरभित्रै बसेका मानिसहरू यस्तो समयमा झन् किन बाहिरिन्थे र ! तर काठमाडौंको कोटेश्वर क्षेत्रको दृश्य भने अलि फरक थियो। यहाँ मानिसहरू घरभित्रबाट बाहिर निस्किरहेका थिए। हुलका हुल मानिस कोटेश्वरमा जम्मा हुँदै थिए।  घरैबाट निस्किएका उनीहरू फेरि पनि घरै जाँदै थिए। समय थियो मंगलबार साँझ करीब साढे ६ बजे।

त्यसो त झोलाझाम्टी बोकेका काठमाडौंका 'परदेशीहरू' दिउँसैदेखि फाट्टफुट्ट कोटेश्वर क्षेत्रमा देखिन थालिसकेका थिए। जडिबुटिबाट कोटेश्वरतिर जाँदा आँखाले नभ्याउने गाडीका लाम थिए। अनि तिनै लाम लागेका कुनै गाडीबाट गन्तव्यसम्म पुग्ने चाहले आतुर मानिसका यताउती गरिरहेका अनेकन कदम !

लकडाउनको झन्डै एक महीना मानिसहरू छन त घरमै थिए। तर मनले मानेको घर जान नपाउँदा उनीहरूमा बेचैनीको पारा चढेको थियो। अनि त स्थानीय तहले चाँजोपाँजो मिलाइदिएपछि एक्कासी ओइरिएका थिए 'मनघर' जानेहरू। स-साना नानी च्यापेका आमादेखि सहारा चाहिने बृद्धबृद्धासम्म आफू चढ्ने कुन चाहिँ गाडी होला भनेर यताउती आँखा डुलाइरहेका थिए। जतिजति अँध्यारो चढ्दै थियो त्यति नै उनीहरूको आतुरता बढ्दै थियो। किनभने धेरैले प्रष्ट थाहा पाएका थिएनन् कि कहिले, कहाँ, कति गाडी जाँदै छन् र को-कोलाई लगिँदैछ। बस् उनीहरूको मनमा एउटा अचम्मको विश्वास थियो कि त्यहाँबाट बस चढाएर मानिसहरूलाई आ-आफ्नो घर पठाइन्छ।

कोही भन्दै थिए- गाडी त आउँछ नि ?

आशावादी हुँदै कोही भन्थे- आउँछ-आउँछ, आउँछ भनेका छन् !

यस्तै-यस्तै आशा र निराशाका कुराकानी सुनिन्थे, अनि देखिन्थे त्यस्तै भावभंगी पनि ।

घर जान चाहनेहरूको हुल थाम्न पुगेको थियो प्रहरी पनि। उसले माइकिङ गर्दै कुन बस कहाँ छ, कहाँ जान्छ भनेर जानकारी दिइरहन्थ्यो । जसमा घर जान चाहनेहरूको आँखा सोझिएको हुन्थ्यो, कान अडिएको हुन्थ्यो।
जब आफूले सुन्न चाहेको माइकिङ प्रहरीबाट हुन्थ्यो, उनीहरुको कुराइको दर्दमा त्यो नै मल्हम बनिदिन्थ्यो। प्रहरीले दिएको जानकारी अनुसार जब गाडी चढ्थे अनि फेर्थे ढुक्कको साँस!

मानिसहरू थामिनसक्नु भएपछि भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधान आफै व्यवस्थापनमा खटिएका थिए। करीब ८ बजेतिर सबैलाई गन्तव्यमा पठाइसकेपछि देखापढीसँग उनी भन्दै थिए- 'लकडाउन उल्लंघन गरेर उर्लिएको यो भीड बाध्यात्मक होला तर यसले कोरोना भाइरस संक्रमणको जोखिम निक्कै बढाएको छ। अनुरोध छ-कृपया सकेसम्म घरभित्रै बसिदिनुस्।'

तर, कोटेश्वर-जडिबुटि क्षेत्रमा आज पनि घर जान चाहनेहरूको घुइँचो उस्तै देखियो !

प्रतिक्रिया दिनुहोस्