प्रदेश ५: राति १२ बजेदेखि प्रदेश सभाकाे पाँचाैं अधिवेशन अन्त्य हुने
<p>बुटवल। प्रदेश ५ काे प्रदेश सभा पाँचौं अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ।</p>
<p>मुख्यमन्त्री शङ्कर पोखरेलकाे सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ बजेदेखि प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका हुन्।</p>
<p>प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेले विज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्यकाे जानकारी गराएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
